शुक्रबार, वैशाख १४, २०८१

संघ र प्रदेशसभा निर्वाचनमा पूर्व सुरक्षाकर्मी र पूर्व म्यादीलाई प्राथमिकता

मेरोन्यूज २०७९ साउन २६ गते १८:३१

काठमाडौँ । आगामी संघ र प्रदेश सदस्यको निर्वाचनका लागि म्यादी प्रहरी भर्नामा पूर्व म्यादी प्रहरी र पूर्व सुरक्षाकर्मीहरुले विशेष प्राथमिकता पाउने भएका छन् । बिहीबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक (आईजीपी) धिरजप्रताप सिंहले यस्तो बताएका हुन् ।

उनले हालमा म्यादी प्रहरीको संख्या निक्र्यौल नभइसकेको तर गृह मन्त्रालयमा खर्च र कति सुरक्षाकर्मी खटाउने भन्ने बारेमा छलफलका लागि सूची पठाइसकेको बताए । उनले म्यादी प्रहरीलाई ४० दिनका लागि भर्ना गर्ने र गत स्थानीय निर्वाचनमा दिएको सेवा सुविधा नै प्रदान गर्ने जानकारी दिए ।

उनले यसबारेमा प्रारम्भिक चरणमा छलफल र तयारी चलिरहेको बताए । उनले निर्वाचनका लागि आवश्यक सुरक्षा परिचालन दिने कुरा सम्बन्धित मन्त्रालयबाट प्राप्त भइसकेको बताएका थिए ।

प्रतिक्रिया