बुधबार, वैशाख २६, २०८१

सुनकोसीस्थित हाइड्रोपावरको ड्याममा डुबेर एक बेपत्ता

मेरोन्यूज २०७९ साउन २६ गते १६:०९

काठमाडौँ । सुनकोसीस्थित ड्याममा डुबेर एक बेपत्ता भएका छन् । सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) विदुर खड्काका अनुसार एक हाइड्रोपावरको ड्याममा डुबेर एक जना बेपत्ता भएको हो ।

Advertisement

हाइड्रोपावर र बेपत्ता हुने व्यक्तिको पहिचान नखुलेको प्रवक्ता खड्काले जानकारी दिए । काठमाडौँबाट श्री एअरलाइन्सको हेलिकप्टरमार्फत प्रहरी नायव निरीक्षक रमेश बहादुर थापाको नेतृत्वमा ४ जनाको टोली घटनास्थलतर्फ जाँदै गरेको सशस्त्र प्रहरीका प्रवक्ता खड्काले मेरोन्यूजलाई बताए ।

प्रतिक्रिया