सोमबार, जेठ ७, २०८१

प्रतिनिधीसभाको आगामी निर्वाचन

गृहको गोप्य रिपोर्ट : एक्लाएक्लै चुनाव लड्दा कुन दलको पोजिसन के ? (रिपोर्टसहित)

रामकृष्ण अधिकारी २०७९ साउन ४ गते १७:०४

काठमाडों । आगामी मंसिरमा घोषणा गर्न लागिएको प्रतिनिधीसभा निर्वाचनमा कुन दलले के –कति सिटमा चुनाव जित्लान् ? अहिले प्रायः सवै दलहरु आन्तरिक हिसाव–कितावमा जुटेको छन् । एक्लै चुनाव लड्दा कुन दलले कति जित्न सक्लान् ? गठबन्धन बनाएर लड्दा कुन दलको अवस्था कस्तो होला ? र, गठबन्धनमा पनि कुन -कुन दल मिल्दा कस्तो परिणाम आउँला ? भन्नेमा दलहरुले मिहिन रुपमा आन्तरिक सर्वे गरिरहेकै छन् ।

Advertisement

त्यसमाथी देशभरको शान्ति सुरक्षाको जिम्मा पाएको गृहमन्त्रालयले समेत आन्तरिक रुपमा प्रहरी प्रशासन, गुप्तचर निकाय लगायतलाई प्रयोग गरेर पनि आन्तरिक सर्वे गर्ने गदैं आएका हुन्छन् । यस्तो बेला गृहमन्त्रीले आफनो देशभरका सुरक्षा निकाय परिचालन गरेर आन्तरिक सर्वै नगराउने कुरै भएन ।

गृहमन्त्रालय अहिले कांग्रेस नेता वालकृष्ण खाँणले सम्हालिरहेका छन् । उनले कांग्रेसको भर्खरै सम्पन्न केन्द्रीय समिति बैठकमा राजनीतिक दलहरुले एक्लाएक्लै चुनाव लड्ँदा र दलहरुका वीचमा गठबन्धन गरेर चुनाव लड्ँदा कुन दलको अवस्था कस्तो हुनसक्छ ? भन्ने विषयमा केन्द्रीत रहेर रिपोर्ट नै पेश गरेका थिए ।

‘गृहमन्त्री ज्यूले मुख्यतः एक्लाएक्लै चुनाव लड्दा दलहरुको अवस्था र गठबन्धन गरेर लड्दा कुन खालको गठबन्धन वन्दा कुन दलको हैसियत के हुनसक्छ भन्नेमा केन्द्रीत रहेर ३ खालको रिपोर्ट डाटा सहित पार्टी बैठकमा प्रस्तुत गर्नुभएको थियो,′ कांग्रेसका एक केन्द्रीय सदस्यले मेरोन्यूजसँग भने, –′कांग्रेस एक्लै लड्दा १६५ सिटमध्ये ७७ सिटमा चुनाव जित्ने रिपोट गृहमन्त्रीले बैठकमा पेश गर्नुभएको थियो ।’

कांग्रेसकै कतिपय नेताहरुले पार्टी एक्लै चुनावमा जानुपर्ने मत बैठकमा राखेपछि गृहमन्त्री खाँण तथ्यांकसहित केन्द्रीय समिति बैठकमा पेश भएका थिए । उनले एक्लै चुनाव लड्न माओवादीलाई अन्य दलसँग मिल्न नदिएमात्र कांग्रेसका लागि सहज हुने र त्यसो गर्दा पनि कांग्रेस र एमालेका वीचमा बराबरीको पोजिसन आउन सक्ने, एक-दुई सिटले मात्र तलमाथी हुन सक्ने सम्भावनाको प्रत्यक्ष निर्वाचनतर्फको चित्र वैठकमा पेश गरेका थिए ।

गृहमन्त्री खाँणले बैठकमा पेश गरेको रिपोर्ट मेरोन्यूजले प्राप्त गरेको छ ।

के छ रिपोर्टमा ?

एक्लाएक्लै चुनाव लड्दा कांग्रेस पहिलो पार्टी हुने दावी गृहमन्त्रीको पनि छ । कांग्रेसले जम्मा ७७ स्थानमा जित निकाल्न सक्ने उनको हिसाव कितावको तथ्यांक छ । एमालेले ७०, माओवादी केन्द्रले ८, नेकपा एकीकृत समाजवादीले १, राप्रपाले सून्य, जनता समाजवादी पार्टीले ४, लोकतान्त्रिक समाजवादी पार्टीले २ र वाँकी ३ सिट भन्न नसकिने स्थितीको रिपोर्ट गृहमन्त्रीको छ । उनले भन्न नसकिने ३ मध्येमा एक सिट नेपाल मजदुर किसान पार्टीले भक्तपुरमा जित्ने पनि बताएका छन् ।

गृहमन्त्रीको रिपोर्ट : चुनावको हिसाव–किताव
(एक्लै चुनाव लड्दा)
कांग्रेस : ७७
एमाले : ७०
माओवादी केन्द्र : ८
एकीकृत समाजवादी : १
जसपा नेपाल : ४
लोसपा नेपाल : २
राप्रपा : ०
अन्य (भन्न नसकिने) : ३ (यसभित्रै भक्तपुरमा १ सिट नेमकिपाले जित्ने गृहमन्त्रीको रिपोर्ट छ)

गृहमन्त्रीले प्रतिनिधीसभामा ७ वटा पार्टीसम्मको चुनावी हिसाव राख्दै कांग्रेस एमाले भन्दा प्रत्यक्ष तर्फ जम्माजम्मी ७ सिटले मात्र अगाडी हुने तथ्यांक देखाएका छन् । त्यसो हुँँदा कांग्रेस ७९ स्थानमा पराजित भएर दोस्रो पोजिसनमा रहने, ७ निर्वाचन क्षेत्रमा तेस्रो हुने र एउटामा चौथो स्थान हुने रिपोर्ट केन्द्रीय समिति बैठकमा पेश गरेका थिए । अर्काे १ स्थानमा भने उनले हिसाव कितावमा केही देखाएका छैनन ।

गृहमन्त्रीको हिसावमा राजनीतिक दलहरु एक्लै चुनाव लड्दा कुन दल कुन पोजिसनमा हुन्छन् त ? हेरौं तथ्यांक :

यो हिसावमा गृहमन्त्रीले मधेस केन्द्रीत दलले भने सिमित क्षेत्रमा मात्र उम्मेदवार उठाउने र देशैभर उम्मेदवार उठाउन नसक्ने जिकिर गृहमन्त्रीको छ । तर एमाले, कांग्रेस, माओवादी केन्द्रले भने त्यस्तो अवस्थामा देशैभर उम्मेदवार उठाउने आफ्नो रिपोर्टमा उल्लेख गरेका छन् ।

माथी उल्लेखित तथ्यांकमा भने उनले छैटौं स्थानसम्म हुनसक्ने पोजिसनमात्र उल्लेख गरिएको जिकिर गरेका छन् । यो रिपोर्ट केन्द्रीय समिति बैठकमा पेश गरिरहँदा गृहमन्त्रीले कांग्रेस एक्लै चुनाव लड्दा माओवादी केन्द्रलाई पनि एक्लै चुनावमा लैजान सकिन्छ ? भन्दै प्रश्न गरेका थिए ।

उनले माओवादीले कांग्रेसले गठबन्धन नगरेपनि अर्काे पार्टनर खोजिहाल्ने भएकोले पनि दलहरुका वीचमा एक्ला- एक्लै चुनाव लड्ने अवस्था यो पटकको चुनावमा नदेखिएको बताएका थिए ।

याे पनि: गृहमन्त्रीले निकाले दुई थरी गठबन्धनको हिसाव (रिपोर्टसहित)

रामकृष्ण अधिकारी

अधिकारी मेरोन्यूज डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया