शनिबार, वैशाख १५, २०८१

को बन्लिन् उपसभामुख ?

कांग्रेसकी पुष्पा भुसाल सत्ता गठबन्धनबाट उपसभामुखका उम्मेदवार !

२ वर्ष ६ महिना नचाहिएको उपसभामुख १२७ दिनलाई किन चाहियो ?

शितल शर्मा २०७९ असार २९ गते १३:०८

काठमाडौं । निर्वाचन आयोगले सरकारलाई संघ र प्रदेशको चुनावको मिति सिफारिस गरिसकेको छ । आयोगले मंसिर २ लाई चुनावको मिति सिफारिस गरेको छ । यस आधारमा हेर्दा अव मंसिरको पहिलो साताभित्रै प्रतिनिधिसभा र प्रदेश सभाको चुनाव करिव हुने निश्चित छ ।

आयोगले दिएकै सिफारिसलाई मान्दा पनि अब जम्माजम्मी १२७ दिन मात्रै बाँकी छ अर्काे चुनावको मिति आउन । सरकारले साउन पहिलो साताभित्र निर्वाचनको मिति तोक्ने गरी अन्तिम तयारी गरिसकेको छ ।

तर २ वर्ष ६ महिनासम्म उपसभामुखको चुनाव नचाहिएको संसदले अव १२७ दिन (आयोगले सिफारिस गरेको चुनावको मितिसम्मलाई आधार मान्दा) लाई भने प्रतिनिधसिभाले उपसभामुख पाउने निश्चित भएको छ । निर्वाचनका लागि संसद सचिवालयले भोलि नै उम्मेदवारी दर्ता देखि पर्सि ३ बजे चुनाव हुने गरी मिति घोषणा गरिसकेको छ ।

हेर्नुहोस् निर्वाचन कार्यतालिका

तत्कालिन सभामुख कृष्णवहादुर महरा यौन दुब्र्यवहारको आरोपमा मुछिएपछि उनले सभामुख पदवाट राजीनामा दिएका थिए । त्यसवेला एमाले र माओवादी पार्टी एउटै थियो । नेकपाका तर्फबाट सभामुख लिनका लागि उपसभामुख रहेका डा शिवमाया तुम्वहाम्फेलाई राजीनामा गर्न लगाई नेकपाले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको थियो ।

संविधानतः सभामुख र उपसभामुख एउदै दलको बन्न नपाइने, सभामुख पुरुष भए उपसभामुख महिला हुनुपर्ने या सभामुख महिला भए उपसभामुख पुरुष बन्न पाउने गरी भएको सम्वैधानिक ब्यवस्थाका कारण डा तुम्वाहाम्फेले उपसभामुखबाट राजीनामा दिनुपरेको थियो । त्यसपछि उनलाई मन्त्री बनाएर नेकपाले पदवाट राजीनामा गराएको थियो ।

त्यसवेला उपसभामुख रहेकी डा तुम्वाहाम्फेले २०७६ माघ ६ गते आफनो पदबाट राजीनामा दिइन् । त्यसपछि मात्र सभामुखमा तत्कालिन नेकपालाई प्रतिस्पर्धा गर्ने सम्वैधानिक बाटो खुलेको थियो ।

हेर्नुहोस् डा तुम्वाहाम्फेको त्यसवेला दिएको राजीनामा

डा तुम्बाहाम्फेले पदवाट राजीनामा दिने वेलामा एक रहेको तत्कालिन नेकपा अहिले एउटै छैन । एमाले र माओवादी अलग अलग पार्टी बनिसकेका छन् । अझ एमालेमा माधव नेपाल, झलनाथ खनाल लगायतले विद्रोह गरेर नयाँ पार्टी नेकपा एकीकृत समाजवादी बनाईसकेका छन् । त्यसपछि ओली नेतृत्वको सरकार वर्हिगमनमा परेर कांग्रेसका सभापति शेरवहादुर देउवा नेतृत्वको सरकार आएको पनि ठिक एक वर्ष पुगेको छ ।

यो वेला सरकारले संसदमा उपसभामुखको निर्वाचन गराउने तयारीमा लागेको हो । यो वेला उसलाई सम्वैधानिक परिषद्मा आफनो पक्षको बहुमत जुटाउनकै लागि भएपनि उपसभामुख निर्वाचन गराउनु पर्ने बाध्यता आईलागेको छ । सम्वैधानिक परिषद्मा प्रधानमन्त्री, प्रधानन्यायाधीस, सभामुख, राष्टिय सभाका अध्यक्ष र उपसभामुख रहने ब्यवस्था छ । तर उपसभामुख नहुँदा प्रष्ट बहुमत सरकारसँग नरहेको अवस्थामा सरकारले अहिले उपसभामुख निर्वाचन गराउन जुटेको हो ।

त्यसो भए को हुन्छन् उपसभामुख ?

सत्तासिन दलमध्ये माओवादी केन्द्रले उम्मेदवारी दिन नै पाउने छैन । सभामुखमा अग्नि सापकोटा रहेका कारण पनि माओवादीले उपसभामुखमा उममेदवारी दिन पाउने छैन । उम्मेदवारी दिने दलहरुले पनि पुरुषलाई उम्मेदवार बनाउन पाउने छैन । उनीहरुले पनि महिलालाई उम्मेदवार बनाउनु पर्ने बाध्यात्मक अवस्था छ ।

सत्तारुढ दलमध्ये राष्ट्रिय जनमोर्चाले उपसभामुख नबन्ने बताइसकेको छ। नेमकिपा र राप्रपामा महिला सांसद नभएकाले ती दलबाट उपसभामुख चुनिन पाउने छैनन्। जसपा, लोसपा, कांग्रेस र एमालेमध्येबाट उपसभामुख चुनिनुपर्ने हुन्छ।

सत्तासिन दलबाट कांग्रेसका पुष्पा भुसालले उपसभामुखमा चासो देखाएकी छिन् । अहिले जसपामा विभाजन आएको र एउटा पक्षलाई दिँदा अर्काे पक्षका सांसद रिसाउने रर झन गठबन्धनमा धक्का लागने ठानेर कांग्रेसले जसपाका सांसदलाई उपसभामुख नदिने सोच बनाएको छ । लोसपालाई गठबन्धनमा ल्याएर उपसभामुख दिने की भन्ने छलफलमा रहेको कांग्रेले अनितम समयमा लोसपालाई पनि उपसभामुख नदिने निचोडमा करिव पुगेको छ । त्यसो हुँदा सत्तासिन पार्टी कांग्रेसबाटै उपसभामुख उठाउने गरी सत्रासिन दलको तयारी देखिन्छ ।

पुष्पा भुसाल

माओवादी केन्द्रकी एक सांसदले पुष्पा भुसाल सत्तासिन दलको उपसभामुखको साझा उम्मेदवार बन्ने बताइन् । ′पुष्पा भुसाल उम्मेदवार बन्ने भन्ने छ अहिलेसम्म । सत्ता गठबन्धनका तर्फबाट उनै उम्मेदवार बन्ने हुन्छिन्,’ माओवादी केन्द्रकी ति सांसदले भने, –′भोलि विहानसम्म कुनै राजनीतिक घटनाक्रम हेरफेर नभए पुष्पाजी नै उम्मेदवार वन्नेछिन् ।’

संसदमा अहिले एमाले ९८, कांग्रेस ६४, माओवादी केनद्र ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी २१, लोसपा १३ र अन्य साना दलका गरी ४ जना सांसद छन् । सत्तासिन दलभित्र जसपामा विभाजन देखिएपनि गठबन्धन दुवै पक्षले छोडेको घोषणा गरेका छैनन । जसकाकारण सत्तासिन दलले उठाउने उम्मेदवार नै अहिलेसम्म बहुमतको स्थितीमा छन् ।
एमालेले पनि प्रतिपक्षका रुपमा उम्मेदवार भने उठाउन सक्नेछ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया