शुक्रबार, वैशाख १४, २०८१

ट्र्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असार २६ गते २१:३०

काठमाडौँ । सुनसरीको कोसी गाउँपालिका ४ स्थित भित्री सडक खण्डमा आइतबार ट्र्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोटरसाइकलमा सवार देवानगञ्ज गाउँपालिक ४ की ५५ वर्षीया जयमुन खातुन रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । को २ त २१५८ नंको ट्र्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको को २८ प ९३९९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार ५५ वर्षीया खातुनको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चालक मृतककै छोरा २५ वर्षीय जुमरात मियाँ घाइते भएको प्रहरीले जनाएको छ । घाइते भएका जुमरातको उपचार भइरहेको प्रहरीले जनाएको छ । ठक्कर दिने सवारी साधन र चालक ४६ वर्षीय शुभका मोची जिल्ला प्रहरी कार्यालय सुनसरीको नियन्त्रणमा रहेको छ भने घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया