शनिबार, वैशाख १५, २०८१

बुढीगंगा निवार्चन अपडेट: एमालेको जित निश्चित, ४०९ मत मात्र गन्न बाँकी

मेरोन्यूज २०७९ असार २६ गते ११:३८

काठमाडौं । बाजुराको बुढीगंगा नगरपालिकामा नेकपा (एमाले) को जित निश्चित भएको छ ।
पछिल्लो विवरणअनुसार ८,७१९ मत गणना हुँदा मेयरमा एमालेका रामबहादुर बानियाँ ९५८ मतले अगाडी छन् । बानियाँले ४,५५५ मत ल्याएका छन् । उनका प्रतिद्धन्दी कांग्रेसका रंगबहादुर खातीले ३,५९७ मत ल्याएका छन् । गत बिहीबार भएको मतदानमा बुढीगंगामा ९,१२८ मत खसेको थियो । अब ४०९ मत मात्र गन्न बाँकी छ ।
यता, उपमेयरमा पनि एमालेकै उम्मेदवार मायाकुमारी खड्का अगाडी छिन् । उनले ४,४०० मत कटाएकी छन् । कांग्रेसकी रिता शाहले ३,६०० मत ल्याएकी छन् ।
नगरका १० वडमध्ये आइतबार बिहानसम्म ८ वडाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ । जसमा एमालेले पाँच तथा कांग्रेसले तीन वडामा जित निकालेको छ ।

प्रतिक्रिया