शनिबार, वैशाख १५, २०८१

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते

मेरोन्यूज २०७९ असार २४ गते १९:२९

झापा । जिल्लाको कनकाई नगरपालिका ३ एकान्त टोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा कन्काई नगरपालिका ३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार कनकाई नगरपालिका ३ एकान्त टोलभित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।

टाउकोमा चोट लागेर घाइते भएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ वर्षीय मुना कार्की गम्भीर घाइते भएकी छन् ।

ट्याक्टर र चालक कन्काई नगरपालिका ७ का २४ वर्षीय यतुवा मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया