शुक्रबार, वैशाख १४, २०८१

बढ्दो व्यापार घाटाबाट राष्ट्रपति चिन्तित

मेरोन्यूज २०७९ असार १९ गते २०:२१

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको आर्थिक विकास नभएसम्म मुलुकको स्वाभिमान उच्च नहुने बताएकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल युवा व्यवसायी मञ्चको नवनिर्वाचित पदाधिकारीसँग राष्ट्रपतिको कार्यालय शीतल निवासमा भएको भेटमा युवा उद्यमीका समस्याको समाधानका लागि नीति र सहजीकरण गर्नु पर्नेमा जोड दिइन् ।

उनले कृषि उपजमा अर्बौंको आयातले मुलुकको व्यापार घाटा चिन्ताजनक अवस्थामा पुर्याएको उल्लेख गरे । उनले युवाले राष्ट्रिय उद्यममा चासो दिएकाप्रति प्रशंसा गरेकी थिइन् ।

प्रतिक्रिया