शनिबार, वैशाख १५, २०८१

उपराष्ट्रपति पुगे नर्भिक अस्पताल

मेरोन्यूज २०७९ असार १० गते १८:१४

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ शुक्रबार थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल पुगेका छन् ।

दाहिने साइडको पाता दुख्ने समस्या भएपछि उनी नर्भिक पुगेका हुन् । अस्पताल पुगेर उनले नियमित स्वास्थ्य जाँच गरेका थिए । उनलाई डा. लक्ष्मण रिजाल र डा. शिवजी सिलवालले स्वास्थ्य परीक्षण गरेका थिए ।

अस्पतालमा उपराष्ट्रपतिको दाहिने पाताको एक्सरे, विभिन्न खालका रगत परीक्षण, मुटुका लागि इको तथा टिएमटीलगायतका परीक्षण गरिएको थियो । उनको स्वास्थ्यमा खासै समस्या नदेखिएको चिकित्सकले बताए ।

प्रतिक्रिया