शुक्रबार, वैशाख १४, २०८१

राष्ट्रिय एथलेटिक्स भोलिदेखि

मेरोन्यूज २०७९ असार ९ गते १७:४१

काठमाडौं / नेपाल एथलेटिक्स संघको आयोजनामा ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोली (आर्मी,प्रहरी,सशस्त्र) गरी १० टिमबाट २४० खेलाडीको सहभागिता रहने आयोजक संघका सचिव आरके विष्टले जनाएका छन् ।

दुईदिने प्रतियोगितामा ३१ स्वर्णका लागि प्रतिस्पर्धा हुनेछ ।

प्रतिक्रिया