मंगलबार, वैशाख २५, २०८१

मंकिपक्स आशंका गरिएको व्यक्तिमा कुष्टरोग पुष्टि

मेरोन्यूज २०७९ असार ३ गते २०:२७

काठमाडौँ । मंकिपक्सको आशंका गरिएको एक जना व्यक्तिमा कुष्टरोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता ड संगीता कौशल मिश्राले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार रहेका व्यक्तिमा कुष्टरोग रोग पुष्टि भएको जानकारी दिएका हुन् ।

Advertisement

उनका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा विभिन्न छ ठाउँबाट ‘स्लिट स्किन स्मियर’ जाँच गर्दा ती व्यक्तिको आँखा र कानको तीन नमूनामा कुष्टरोगको जिवाणु भेटिएको हो । दुबईबाट नेपाल आएका २६ वर्षीय पुरुषलाई मंकिपक्सको आशंकामा बिहीबार टेकु अस्पतालमा भर्ना गरी उपचार गरिएको थियो ।

अहिलेसम्म २९ वटा देशमा मंकिपक्स देखा परेको र एक हजारभन्दा बढी संक्रमित भएका छन् । मन्त्रालयका प्रवक्ता डा. मिश्राले नेपालमा अहिलेसम्म मंकिपक्सको बिरामी नेपाल फेला नपरेको बताए । दुबईबाट नेपाल आएका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वास्थ्य सहायता कक्षले मंकिपक्सको आशांकामा टेकु अस्पतालमा पठाएको थियो ।

प्रतिक्रिया