मंगलबार, वैशाख २५, २०८१

स्वास्थ्य सेवाबाट अवकाश हुने भएमा पनि अंग प्रत्यारोपण केन्द्रको कार्यकारी निर्देशकबाट हट्नु नपर्ने

मेरोन्यूज २०७९ असार ३ गते ८:१८

काठमाडौं । सरकारले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा कार्यकारी निर्देशकसम्बन्धी नयाँ व्यवस्था गरेको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल राजपत्रमा सूचना जारी गर्दै मानव अंग प्रत्यारोपण विकास समिति (गठन) (तेस्रो संशोधन) (०७९ मा नयाँ व्यवस्था कायम गरेको हो ।

जसअनुसार अब स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा पनि कार्यकारी निर्देशकमा बहाल रहने बाधा हुनेछैन ।

सरकारले गठनादेश दफा ६ (३) मा क थपेर ‘कार्यकारी निर्देशक पदमा नियुक्त भएका चिकित्सक नेपाल स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा समेत कार्यकारी निर्देशकको पदमा बहाल रहिरहन बाधा पर्नेछैन’ कायम गरेको हो ।

मानव अंग प्रत्यारोपणसम्बन्धी क्षेत्रमा कार्यरत स्वास्थ्य सेवाका चिकित्सकलाई कार्यकारी निर्देशकमा नियुक्ति गर्ने गरिन्छ । तर, स्वास्थ्य सेवा वा केन्द्रको सेवाबाट अवकाश हुने भएमा कार्यकारी निर्देशकबाट हट्ने व्यवस्था रहेकामा सरकारले नयाँ व्यवस्था कायम गरेको हो ।

कार्यकारी निर्देशकको सेवा अवधि चार वर्षको हुन्छ ।

प्रतिक्रिया