बिहीबार, वैशाख २०, २०८१

नेपाल प्रहरीका पाँच डीआईजी एआईजीमा बढुवा गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७९ जेठ २३ गते १९:००

काठमाडौँ । सरकारले नेपाल प्रहरीका पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको छ ।

गृह मन्त्रालयको बढुवा समितिको बैठकले सिफारिस गरेका पाँच डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पहिलोमा उत्तम सुवेदी, दोस्रोमा अरुणकुमार बीसी र तेस्रोमा दिवेश लोहनीलाई एआईजीमा बढुवा गरेको छ ।

त्यसपछि मुकुन्दराज आचार्य र पूजा सिंह एआईजीमा बढुवा भएका छन् ।

प्रतिक्रिया