बिहीबार, वैशाख २०, २०८१

१५ दिनपछि बस दुर्घटनामा बेपत्ता भएका शिशुको शव भेटियो

मेरोन्यूज २०७९ जेठ २३ गते १८:२४

धनगढी । बस दुर्घटना हुँदा बेपत्ता भएका अछामको कमलबजार नगरपालिकाका १८ महिने शिशुको नदी किनारमा शव फेला परेको छ ।

कैलालीबाट अछामका लागि छुटेको ना ५ ख ९६६३ नम्बरको बस यही जेठ ७ गते डोटीको शिखर नगरपालिका १ गेरु पानी भन्ने स्थानमा दुर्घटनामा परेको थियो । बस सेती नदी किनारमा खेसेको थियो ।

बस दुर्घटना भएको १५ दिनपछि बेपत्ता बालक सुजंग शाहीको दिपायल सिलगढी नगरपालिका ४ स्थित रेडियो नेपाल नजिककै नदीमा शव फेला परेको प्रहरीले जनाएको छ ।

बालकका परिवारलाई शव बुझाइएको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रूपसिंह थापाले बताए । बस दुर्घटनामा परी मृतक बालकका आमाबुवासहित १२ जना घाइते भएका थिए ।

प्रतिक्रिया