शुक्रबार, वैशाख १४, २०८१

६८ वर्षमै सामाजिक सुरक्षा भत्ता दिने

मेरोन्यूज २०७९ जेठ १५ गते १७:२५

काठमाडौं । सरकारले ६८ वर्ष माथिका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९/०८० को बजेट पेस गर्दै ६८ वर्ष पुगेका जेष्ठ नागरीकलाई सामाजिक सुरक्षा भत्ता दिने जनाएका हुन् । साथै अर्थमन्त्री शर्माले स्वघोषणा मार्फत सामाजिक सुरक्षा भत्ता अस्विकार गर्नेलाई सरकारले सम्मान जनाएका छन् ।

यसअघि ७० वर्ष पुगेका जेष्ठ नागरीकले मात्रै सामाजिक सुरक्षा भत्ता पाउने व्यवस्था थियो ।

प्रतिक्रिया