शुक्रबार, वैशाख १४, २०८१

काठमाडौँ ३१ को वडाध्यक्षमा एमाले विजयी, मेयरमा बालेन साहले पाए दोब्बर मत

मेरोन्यूज २०७९ जेठ ७ गते २०:१०

काठमाडौँ । काठमाडौँ महानगर ३१ मा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । वडाध्यक्षमा एमालेका सरोज ढकालले चार हजार ७६७ मत पाउँदै विजयी भएका हुन् ।

उनको प्रतिद्वन्द्वी कांग्रेसका प्रकाश रानाले दुई हजार ९९१ मत मात्रै पाए । वडाको खुल्ला सदस्यमा एक जना कांग्रेसका उम्मेदवार विजयी भए ।

वडाध्यक्षमा एमाले विजयी भए पनि मेयरतर्फ उक्त वडामा केशव स्थापितभन्दा स्वतन्त्र उम्मेदवार बालेन साहले दुई गुणा बढी मत पाएका छन् ।

स्थापितले दुई हजार ७९ मत पाएका थिए भने बालेनले चार हजार १७९ मत पाए । यसैगरी कांग्रेसका उम्मेदवार सिर्जना सिंहले दुई हजार ४३७ मत पाएकी छन् ।

प्रतिक्रिया