शुक्रबार, वैशाख १४, २०८१

सामाजिक सञ्जालमा भाइरल भएको भिडियोबारे अनुसन्धान गर्न गृहको निर्देशन

मेरोन्यूज २०७९ जेठ ६ गते २०:०८

काठमाडौँ । केही दिनदेखि सामाजिक सञ्जालमा भाइरल भएको महिला हिंसासम्बन्धि भिडियोबारे गृह मन्त्रालयले ध्यानाकर्षण जनाएको छ ।

भिडियोबारे अनुसन्धान गरी आवश्यक कारबाही गर्न गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनमा प्रहरी प्रधान कार्यालयले पाँच सदस्यीय समिति बनाएको हो ।

प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वको समितिमा प्रहरी उपरीक्षक कृष्ण कोइराला, प्रहरी नायब उपरीक्षक कोपिला चुडाल, प्रहरी नायब उपरीक्षक हरि बस्नेत र प्रहरी निरीक्षक सपना खड्का रहेका छन् । समितिले शुक्रबारदेखि काम गर्ने भएको छ ।

प्रतिक्रिया