शनिबार, वैशाख १५, २०८१

पाेखरा अपडेटः धनराजले २२ हजार ८५२ ल्याउँदा कृष्णको २० हजार १३२ मत

मेरोन्यूज २०७९ जेठ ५ गते १८:०२

पोखरा । स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिकामा मतगणना जारी छ । अहिलेसम्म ५५ हजार ६२७ मतगणना गरिएको छ ।

नगर प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का उमेदवार धनराज आचार्यको अग्रता लगातार बढ्दो छ । पछिल्लो गणनाअनुसार उनले २२ हजार ८५२ मत पाएका छन् । नेकपा (एमाले)का उमेदवार कृष्णबहादुर थापाले २० हजार १३२ मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०का उमेदवार शंकर खरालले दुई हजार ३०४ मत पाएका छन् । लौरो चुनाव चिह्नबाट प्रतिस्पर्धामा रहेका स्वतन्त्र उमेदवार खडकराज पौडेल ९गनेस० एक हजार २१२ मतसहित चौथो स्थानमा छन् ।

प्रतिक्रिया