शनिबार, वैशाख १५, २०८१

काठमाडौंको वडा नम्बर २८मा केशव स्थापित र बालेनको बराबरी भोट

मेरोन्यूज २०७९ जेठ ४ गते २०:४८

काठमाडौं । काठमाडौैं महानगरको २८ नम्बर वडामा एमालेका उम्मेदवार केशव स्थापितले लिएको अग्रता समाप्त भएको छ । स्वतन्त्र उम्मेदवार बालेन शाहले उनलाई भेट्टाएका छन् ।

यस वडामा अहिलेसम्म ७ सय मतको गणना सकिएको छ । प्राप्त विवरण अनुसार स्थापित र बालेनले समान १८१र१८१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेकी सिर्जना सिंहको १४२ भोट छ ।

वडा नम्बर २८ एमाले उम्मेदवार स्थापितको वडा हो । पुरानो बसपार्क–बागबजार क्षेत्रमा यो वडा पर्छ । स्थापितले बागबजारमा रहेको पद्मकन्या क्याम्पसबाट भोट हालेका थिए । वडा नम्बर २८ को मतगणना सुरुभएपछि स्थापितले प्रारम्भिक अग्रता लिएका थिए ।

अहिलेसम्म काठमाडौं महानगरको ४८३०१ भोट गणना भएको छ । जसमा बालेनले १८७९५ भोट ल्याएर अग्रस्थानमा छन् । दोस्रो र तेस्रो स्थानमा रहेका स्थापित र सिर्जनाले क्रमशः ९५९६ र ९१७२ भोट ल्याएका छन् ।

प्रतिक्रिया