शुक्रबार, वैशाख १४, २०८१

म्यागङ पालिकाको दुवै पदमा कांग्रेस विजयी

मेरोन्यूज २०७९ जेठ २ गते २३:१८

नुवाकोट । जिल्लाको म्यागङ गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा आशा तामाङले जितेका छन् । उनले तीन हजार २०९ मत ल्याएका हुन् ।

तामाङले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुकबहादुर तामाङ पराजित गरेका हुन् । उनले दुई हजार ५९२ मत ल्याए ।

यस्तै, गाउँपालिका उपाध्यक्षमा कांग्रेस उम्मेदवार विजयी भएकी छन् । सीता तामाङ विजयी हुँदै तीन हजार ७३१ मत ल्याएकी छन् ।

उपाध्यक्षमा एमालेका उम्मेदवार गंगामाया तामाङ पराजित भएकी हुन् ।

प्रतिक्रिया