शुक्रबार, वैशाख १४, २०८१

भरतपुरमा अग्रता बढाउँदै विजय सुवेदी, रेनु दाहाल ३३ मतले पछाडि

मेरोन्यूज २०७९ जेठ २ गते १०:३२

चितवन । भरतपुर महानगरपालिकाको प्रमुखमा नेकपा एमालेका विजय सुवेदीले अग्रतालाई फराकिलो बनाउँदै अघि लागेका छन् । उनले सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उमेदवार रेनु दाहाललाई ३३ मतले पछाडि पारेका छन् । ११ हजार सात मत गन्दा सुवेदीले तीन हजार ८३८ मत पाएका छन् । दाहालले तीन हजार ८०५ मत ल्याएकी छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले एक हजार ५११ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया