मंगलबार, चैत ६, २०८०

टोखा नगरपालिका प्रमुखमा रजनी थापाको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते १०:२१

काठमाडौं । काठमाडौंको टोखा नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर उम्मेदवार रजनी थापाले आफ्नो अग्रता कायम राखेकी छिन् । थापाले ५ हजार ११२ मत ल्याएकी छिन् । भने नेकपा एमालेका मेयर उम्मेदवार तथा निवर्तमान मेयर समेत रहेका प्रकाश अधिकारीले ४ हजार ८९२ मत ल्याएका छन् । भने नेकपा माओवादी केन्द्रका शेखर श्रेष्ठले ८१३ मत ल्याएका छन् ।

उपमेयरमा पनि नेपाली कांग्रेसका मुरारी तामाङले ५ हजार ४३ मत ल्याएर अग्रता कायम राख्न सफल भएका छन् भने नेकपा एमालेकी ज्ञानमाया डंगोलले ४ हजार ६२९ मत ल्याएका छन् ।

प्रतिक्रिया