मंगलबार, वैशाख २५, २०८१

रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी

मेरोन्यूज २०७९ वैशाख १३ गते १३:०४

रसुवा । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको छ । आइतबार र सोमबार भएको मनोनयन दर्तामा जिल्लामा १४५ जनाका लागि ४९४ जनाको उम्मेदवारी परेको हो ।

Advertisement

जिल्लाको पाँच वटा गाउँपालिकाको लागि चाहने पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र वडा सदस्य गरि ४९४ जनाको उम्मेदवारी परेको जिल्ला निर्वाचन कार्यालय रसुवाका निर्वाचन अधिकारी श्रीराम थापाले जानकारी दिए ।

जिल्लाको आमाछोदिङ्मो गाउँपालिकामा २७ जनाको लागि ८६ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा सातजना र उपाध्यक्षमा चारजनाले उम्मेदवारी दिएका छन् ।

त्यसैगरि जिल्लाको उत्तरगया गाउँपालिकामा २७ जनाका लागि १०९ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा १० जना र उपाध्यक्षमा ७ जनाको उम्मेदवारी परेको छ । कालिका गाउँपालिकामा २७ जनाका लागि ११० जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा ११ जना र उपाध्यक्षमा ६ जनाको उम्मेदवारी परेको छ ।

गोसाईंकुण्ड गाउँपालिकामा ३२ जनाको लागि ७४ जना उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा सात र उपाध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ ।त्यसैगरि नौकुण्ड गाउँपालिकामा ३२ जनाका लागि ११५ जनाको उम्मेदवारी परेको छ । पालिका अध्यक्षमा ५ जना र उपाध्यक्षमा ५ जनाको उम्मेवारी परेको छ ।

जिल्लाको पाँचैवटा स्थानीय तहमा शान्तिपूर्ण तरिकाले जिल्लाका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एस, नेकपा समाजवादी, मंगोल अर्गनाइजेसन, राप्रपा लगायत स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया