मंगलबार, वैशाख २५, २०८१

भरतपुरका असन्तुष्ट नेता-कार्यकर्ता फकाउन कांग्रेसले खटायो नेता

सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई मेयरका बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गराउने र असन्तुष्ट नेता फकाई गठबन्धनको पक्षमा चुनावी बाताबरण बनाउने जिम्मा

मेरोन्यूज २०७९ वैशाख १३ गते १२:४०

काठमाडौं । नेपाली कांग्रेसले चितवन भरतपुरका असन्तुष्ट नेता-कार्यकर्ता फकाउन केन्द्रीय तहबाटै नेता परिचालन गरेको छ । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल सत्तागठबन्धनको तर्फबाट उम्मेदवार बनेपछि कांग्रेसमा असन्तुष्टि बढेको छ ।

Advertisement

उम्मेदवारी टुंग्गो नलाग्दासम्म पनि कांग्रेसका चितवनका नेता -कार्यकर्ताले काठमाडौं आई पार्टी सभापति तथा प्रधानमन्त्री शेरवहादुर देउवा देखि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्रीहरुसँग भेट गरी भरतपुर मेयर नछोडन दवाव बढाएका थिए । तर गठबन्धन दलको सिट बाँडफाँडमा भरतपुरको मेयरमा माओवादी र उपमेयरमा कांग्रेसले उम्मेदवारी दिने गरी मिल्यो । तर केन्द्रको निर्णयलाइ जिल्लास्तरमा अझै पनि चित्त वुझाउने अवस्थामा कांग्रेसका नेताहरु पुगेका छैनन । जसकाकारण कांग्रेसका पूर्व सांसदले सोमबार बागी उम्मेदवारी नै दर्ता गराए ।

कांग्रेसका पूर्वसांसद जगन्नाथ खतिवडाले भरतपुरको चौबिसकोठीबाट कांग्रेसको झण्डासहित जुलुस नै लिएर कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटालाई प्रस्ताबक र समर्थकमा कांग्रेस महासमिति सदस्य मीना खरेललाई राखेर उम्मेदवारी दर्ता गराए ।

यसले माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहाललाई चुनावमा असर गर्न सक्ने देखेपछि कांग्रेसले केन्द्रीय तहबाटै असन्तुष्ट नेता कार्यकर्ता फकाउन पार्टी पदाधिकारी नै खटाएको छ ।

कांग्रेसले सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई असन्तुष्ट नेता-कार्यकर्ता फकाउन खटाएको छ । यधपी मन्सुर यो समाचार तयार पार्दासम्म चितवन पुगिसकेका छैनन ।

चितवनका कांग्रेसका नेता कार्यकर्ताहरु माओवादी केन्द्रसँग मूलत : ५ वटा कुराले असन्तुष्ट देखिन्छ ।

पहिलो, यस अगाडीको स्थानीय तह चुनावमा गठबन्धन गरेर कांग्रेसले माओवादी केन्द्रकी रेनु दाहाललाइ मेयरमा निर्वाचित गराएको थियो । अघिल्लो चुनावमा मेयरमा माओवादीलाई जिताएको कारण यसपटक कांग्रेसलाई मेयरमा माओवादीले सपोर्ट गर्नुपर्नेमा जिल्ला र भरतपुरको कांग्रेसका नेताहरुको मनोविज्ञान भन्दा बाहिर गएर केन्द्रबाट गठबन्धन गरेर टिकट माओवादीले लिएर गएको भन्नेमा कांग्रेस असन्तुष्ट छ ।

दोस्रो, कांग्रेसले यस अगाडी रेनु दाहाललाई मेयरमा निर्वाचित गरेपछि जिल्ला समन्वय समितिको चुनावमा दाहालले कांग्रेस उम्मेदवारलाई सहयोग नगरी कम्युनिष्ट उम्मेदवारलाई मत दिएको र कांग्रेसलाई धोका दिएको कांग्रेसको भनाई छ । लगत्तैको संघ र प्रदेश चुनावमा पनि माओवादीले कांग्रेसलाई कमजोर बनाउन बाम गठबन्धनका नाममा एमालेसँग मिलेर कांग्रेसलाई धोका दिएको वुझाईमा चितवनका कांग्रेस छन् । जसकाकारण पनि उनीहरु सन्तुष्ट देखिदैनन ।

तेस्रो, भरतपुर महानगरको ५ वर्षे कार्यकालमा मेयर हुँदा कांग्रेसको मत लिएर चिवर्नचन जित्ने तर कांग्रेसका नेता -कार्यकर्तासग कुनै सल्लाह परामर्श नगरी दाहाल अगाडी वढेको आरोप कांग्रेसको छ । त्यसमाथी कांग्रेसका नेता -कार्यकर्ता र कांग्रेसको मतदातालाई आर्कर्षित गर्ने र माओवादीमा भित्राउने काम यो ५ वर्षमा अधिक मेयर दाहालले गरेको आरोप कांग्रेसको छ । कांग्रेसकै मतले चुनाव जित्ने अनि कांग्रेसकै मतदातालाई खण्डित गर्ने गरी काम गरेको आरोप पनि रेनु माथी कांग्रेसका नेता -कार्यकर्ताले लगाएका छन् ।

चौथो, मेयरमा रेनु, केन्द्रमा प्रचण्ड खोज्ने माओवादीको नितिसँग पनि भरतपुरका कांग्रेस नेता असन्तुष्ट छन् । अहिले मेयरमा रेनुलाई जिताएका कांग्रेस नेता कार्यकर्ताले भोलि संघमा पनि कि प्रचण्ड की राप्रपा रोज्नुपर्ने वातावरण बन्न जाने भएकोले दुई मध्ये एक रोज्न दवावका लागि कांग्रेसका नेता-कार्यकर्ताको माओवादीसँग असन्तुष्ट रहेका छन् ।

पाँचौं, कांग्रेसको आफ्नै चुनाव चिन्हमा भोट हाल्न नपाउनुको पिडा पनि छ । २०४७ मा माओवादीलाई मेयरमा भोट हालेका मतदाताले संघीय चुनावमा राप्रपालाई भोट दिए । अहिले फेरि माओवादीलाई मेयरमा र आउने संघको चुनावमा फेरि प्रचण्डलाई नै भोट दिनुपर्ने देखेपछि कांग्रेस नेता कार्यकर्ता थप चिढिएका छन् ।

यही परिवेश वुझेर कांग्रेसले सहमहामन्त्री मन्सुरलाई असन्तुष्ट नेताहरु बागी उम्मेदवारी दिएका पूर्व सांसद जगन्नाथ खतिवडा, कांग्रेसका पूर्ब जिल्ला सभापति कृष्णलाल सापकोटा, टेकप्रसाद गुरुङ लगायतका नेताहरुसँग छलफल गर्ने र सम्झाउने उदेश्यका साथ कांग्रेसले मन्सुरलाई खटाएको हो ।

उम्मेदवारी फिर्ताको दिनसम्म बागीलाई उम्मेदवारी फिर्ता लिन लगाउने र त्यसपछि एकगठ भएर गठबन्धनका उम्मेदवार जिताउन लागि पर्ने गरी मन्सुरलाई चितवन खटाइएको बालुवाटार स्रोतले जनाएको छ ।

प्रतिक्रिया