मंगलबार, वैशाख २५, २०८१

सक्रिय राजनीतिबाट सन्यास लिउ झै लागेको छ : गुरुराज घिमिरे

मेरोन्यूज २०७९ वैशाख १३ गते ११:४३

काठमाडौं । नेपाली कांग्रेसका नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट सन्यास लिउ झै लागेको अभिव्यक्ति दिएका छन्। वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनलगत्तै सक्रिय राजनीतिबाट बिदा लिउ झै लागेको उनले बताएका हुन्।

Advertisement

सामाजिक सञ्जालमा घिमिरेले लेखेका छन्, ‘सक्रिय राजनीतिबाट बिदा लिउँकी भन्ने लागेको छ। स्थानीय चुनावलगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ !’

घिमिरे कांग्रेसको १४औं महाधिवेशनमा प्रदेश १ सभापतिमा उद्धव थापासँग दुई मतले पराजित भएका थिए।

प्रतिक्रिया