आइतबार, वैशाख ३०, २०८१

स्थानीय चुनाव

माओवादीलाई चुनावमा विप्लवको असर कति ?

सत्ता गठबन्धनको सिट बाँडफाँडमा माओवादी केन्द्रले मेयर पाएको चितवनको भरतपुर महानगर देखि माओवादीको आधारक्षेत्र रोल्पा-रुकुमसम्मै विप्लवको पार्टीका स्वतन्त्र उम्मेदवार

शितल शर्मा २०७९ वैशाख ११ गते १३:४२

काठमाडौं । स्वतन्त्र उमेदवारी दिएर चुनाव लड्ने नेत्रविक्रम चन्द (विप्लव) समूहको तयारीले उक्त पार्टीभित्रै विवाद उत्कर्षमा छ । पार्टी दर्ता नगर्ने तर एमसीसी विरोधी राष्टबादी शक्तिका पक्षधर कोही उउम्मेदवार बने निर्वाचनमा सहयोगी भूमिका खेल्ने निर्णय चन्द नेतृत्वको नेकपाले बनाएको थियो ।

Advertisement

तर महासचिव विप्लव र प्रवक्ता खड्कवहादुर विश्वकर्मा आफ्नै पार्टीका केन्द्रीय समितिकै नेताहरुलाई चुनावमा उम्मेदवार बनाउने, देशभर त्यसरी स्वतन्त्र उम्मेदवार दिएका नेता कार्यकर्ता पंक्तिलाई एउटै चुनाव चिन्ह दिलाउन निर्वाचन आयोगसँग माग गर्ने सम्मका काममा लागेको छ ।

ठाँउ विशेषका आधारमा कतिपय स्थानीय तहमा विप्लवको पार्टीले उम्मेदवार नै तय गरिसकेको छ । उम्मेदवार मनोनयन दर्ता निर्वाचन आयोगले आज देखि तय गरेकोले अहिले केही ठाँउमा विप्लवका नेताहरु उम्मेदवार दर्ताको अन्तिम तयारीमा जुटेका छन् ।

खासगरी विप्लवको पार्टीले आफनो जनाधार रहेको भन्दै विगतमा माओवादीको मेयर÷अध्यक्ष जितेका र जाहाँ माओवादी केन्द्रको गढ मानिएका छन्, त्यही ठाँउमा उम्मेदवार उठाउने तयारी विप्लवको पनि देखिएको छ । यसले निर्वाचन उपयोगको विप्लवको नीतिले माओवादलिाई चुनावमा कति असर गर्ला ?

अहिले विभिन्न कोणबाट लेखाजोखा हुन थालेको छ ।

माओवादीले सत्ता गठबन्धनमा सिट बाँडफाँडमा सहमति जुटाएर ट महानगरमध्ये एउटा भरतपुर महानगरको मेयर पाएको छ । ललितपुर महानगरमा उपमेयर र चितवन भरतपुरमा मेयर माओवादीले गठबन्धन दलका वीचमा सिट बाँडफँड गर्दा पाएको छ ।

चितवनको भरतपुर खासगरी यो पटकको स्थानीय तह चुनावमा पनि इपिसेन्टर जस्तै बन्न पुगेको छ । माओवादी केन्द्रका अधयक्ष प्रचण्डका छोरी रेनु दाहाल यसपटक पनि त्यहाँ मेयरमा चुनाव लडदैछिन् । तर माओवादी अध्यक्ष प्रचण्डको छोरी भएकै कारण उनलाई त्यहाँ चुनावमा धक्का दिन सकिए, प्रचण्डमाथी पनि धक्का लागाउन सकिने भन्दै इतर पार्टी नेता कार्यकर्ताको ध्यान पनि सवैभन्दा वढी भरतपुरमै परेको छ ।

भरतपुरमा गठबन्धन दलभित्रैको प्रमुख घटक कांग्रेस माओवादीलाई मेयर छोडेकोमा सन्तुष्ट छैनन । कांग्रेसका जिल्ला अध्यक्षले असनतुष्ट नेता कार्यकर्तालाई सम्झाउने प्रयासमा समय खर्चिन थालेपनि सफल हुन सकिरहेका छैनन । असन्तुष्ट रहेका कांग्रेसहरुको भर समेत परेर माओवादीले भरतपुर महानगरको मेयर लड्न खोजेको छ ।

तर भरतपुरमा रेनुलाई चुनाव हराएर देखाउन एमाले पनि क्किै कसरथमा छ । प्रचण्डसँगको रिसिइवी भरतपुर मेयरमा रेनुलाई पराजित गरेर देखाउन एमाले अध्यक्ष केपी ओलीले विगत लामै समय देखि प्लान बनाईरहेको देख्न र वुझन सकिन्छ ।

आफनो प्रभाव देखाउन र प्रचण्ड तथा उनकी छोरी रेनुको कद घटाउन एमालेले पार्टीको महाधिवेशन ने चितवनमा आयोजना गरेयताकै कतिपय घटनाक्रमले देखाँउछ – ओली भरतपुरमा रेनुलाई र संघीय चुनावमा चितवनबाट प्रचण्डलाई हराउन जुनकुनै हर्कत र सम्झौता गर्न तम्तयार भएर लागिपरेका छन् ।

त्यसैको कडीका रुपमा उनले राजेन्द्र लिङदेनको राप्रपासँग चुनावी तालमेलको प्रयास गरेका छन् । आवश्यक परे आगामी संघीय संसदमा प्रचण्डको निर्वाचन क्षेत्रमा विक्रम पाण्डेलाई चुनावमा सहयोग गर्ने शर्तमा अहिले राप्रपाको मत समेत मेयरमा तान्ने र आफना उम्मेदवार जिताउने रणनीतिमा यतिवेला ओली जुटेका छन् ।

त्यही अस्वस्थ्य राजनितिक गोलचक्करकै वीच विप्लव नेतृत्वको नेकपाले पनि यही वेला भरतपुरमा उम्मेदवार उठाउने गरी उम्मेदवार ठोस गरेको छ ।

विप्लवले यसरी माओवादी अध्यक्ष प्रचण्डको छोरी उठन तयार भएको भरतपुरमा पार्टीका पूर्व जिल्ला सचिव दुर्गाप्रसाद सुवेदीलाई मेयरमा उठाउन लागेको छ ।

सुवेदी भरतपुरमै ब्यवसाय गरेर वस्दै आएका द्धन् । विप्लवको प्रतिवन्ध कालमा उनी पक्राउ पनि परेका थिए । त्यसवेला माओवादी केन्द्रका नेताहरुको पहलमा रिहा समेत भएका थिए । अहिले विप्लवको पार्टीले उनलाई भरतपुर महानगरमा मेयर उठाउने गरी अन्तिम तयारी गरेको छ ।

सुवेदी मेयरमा उठ्दा उनले काटने भोट भनेकै माओवादी केन्द्रको हो ।

′उहाँले जित्ने भन्दा पनि भोट काटने भनेकै माओवादी केन्द्रको हो । उहाँले सरदर २ सय देखि ५ सय सम्मको हाराहारीमा माओवादीको भोट काट्न सक्छ,’ माओवादी केन्द्र चितवनका एक नेताले मेरोन्यूजसँग भने ।

एउटा मतको पनि चुनावका बेला महत्व हुने वेला विप्लवको पार्टीका उम्मेदवारले सरदर ५ सय मत माओवादी केन्द्रकी मेयर रेनु दाहालको काटनु भनेको पनि केही न केही क्षति हुन हो । यसका आलावा माओवादीको गढका रुपमा रहेको रोल्पामा पनि विप्लव समुहले स्वतन्त्र उम्मेदवार चयन गरेका छन् ।

रोल्पा माओवादीको आधारइलाकाको रुपमा रहँदै आएको थियो । पछिल्लो पटक २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा रोल्पाका १० स्थानीय तहमध्ये ७ स्थानीय तह माओवादी केन्द्रले जितेको थियो । वाँकी ३ वटा पालिका मात्र माओवादीले गुमाएको क्षेत्र हो रोल्पा । प्रदेश सभाका दुई र प्रतिनिधिसभाको चुनावसमेत रोल्पाबाट माओवादीले जितेको थियो ।

अहिले त्यहाँका हरेक पालिकामा सम्भव भएसम्म उम्मेदवार उठाउने तयारीमा विप्लवको पार्टी छ ।

′कतिपय हाम्रा आफ्नै उमेदवार त कतिपय ठाउँमा देशभक्त शक्ति वा स्वतन्त्र व्यक्तिलाई समर्थन गर्छौं’, ’ विप्लवकाक पार्टीका केन्द्रीय सदस्य एवम् रोल्पा इन्चार्ज केशवबहादुर वाँठामगरले भने, ‘केही दिनअघि सम्पन्न जिल्ला कार्यसमितिको वैठकले उमेदवार छनौटका लागि जनतासम्म जाने निर्णय गरेको थियो, सोही अनुसार जनतासम्म पुग्न उमेदवार उठाउन लागेका हौं ।’

रोल्पालाई नेकपा माओवादी केन्द्रको प्रभाव क्षेत्र मानिन्छ । शान्ति प्रक्रियापछि भएका सबै निर्वाचनमा एकलौटी जित हात पार्दै आएको माओवादीले रोल्पाको त्यो विरासत तोडने उदेश्यका साथ विपलवको पार्टीले पनि चुनाव उपयोग गर्न लागेको छ ।

रोल्पामा एक्लै राज गरेको नेकपा माओवादी केन्द्रलाई स्थानीय तह निर्वाचनमा भने आफैंबाट फुटेर गएको विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी चुनौती बनेको छ ।

विप्लवको पार्टीसँग जित्ने मत नभए पनि हराउने एथेष्ट मत रहेकका कारण पनि त्यसले कतै न कतै माओवादी केन्दलाई नै क्षति पुरयाउने सम्भावना अधिक छ ।

गत चुनावमा थवाङमा विप्लवको पार्टीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । थवाङ गाउँपालिकाको अध्यक्षसहित ६ वटा वडामा त्यसवेला पनि विप्लवको पार्टीका नेता कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएका थिए । जसमध्ये थवाङको वडा नं १ मा सवै सेट विप्लवको पार्टीले जितेको थियो ।

अहिले पनि नेकपाका स्थायी समिति सदस्य सन्तोष बुढामगर, केन्द्रीय सदस्य चुडामणि वली, अमर झाँक्रीलगायतका नेताहरु चुनावी अभियानलाई सघाउन रोल्पामा छन । रोल्पाका सबै स्थानीय तहमा उम्मेदवार उठाउने उसले बताएको छ । केन्द्रीय सदस्य चुडामणि वलीले गंगादेवी गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिन लागेका छन् ।

सुनछहरी गाउँपालिकाको अध्यक्षमा अमर झाँक्री र माडी गाउँपालिकाको अध्यक्षमा केन्द्रीय सदस्य केशबहादुर वाँठामगर, थवाङ गाउँपालिकामा रोल्पाका पूर्वा जिल्ला इन्चार्ज जयप्रकाश रोका उम्मेदवार बन्न लागेका छन् ।

त्रिवेणी गाउँपालिका अध्यक्षमा वेदबहादुर वुढा र सुनिलस्मृति गाउँपालिका अध्यक्षमा कमल थापा उम्मेदवार उठदैछन् । यसले त्यहाँ कँही न कँही माओवादी केन्द्रमाथी धक्का दिने योजनामा विप्लवको पार्टी देखिन्छ ।

थवाङ गाउँपालिका, गंगादेव गाउँपालिका र सुनछहरी गाउँपालिकामा माओवादीलाई प्रत्यक्ष प्रभाव पर्ने सम्भावना रहेको छ ।

यी तीन वटै स्थानीय तह २०७४ सालमा नेकपा माओवादी केन्द्रले जितेको थियो । विप्लव समूहको उम्मेदवारीसँगै सुनिलस्मृति गाउँपालिका, परिवर्तन गाउँपालिका र त्रिवेणी गाउँपालिकाको राजनैतिक सन्तुलनमा समेत प्रभाव पर्ने बताइन्छ ।

उता विप्लवको गृहनगर कपिलवस्तुको शिवगढीमा पनि विप्लवले आफनो पार्टी नेतालाई स्वतन्त्रमा उम्मेदवार उठाउन लागेका छन् । पार्टीका केन्द्रीय सदस्य भेषराज भूषाल कपिलवस्तुको शिवराज नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार बन्दैछन् ।

माओवादीको बलियो जगका रुपमा रहेको कर्णालीका कतिपय जिल्लामा पनि विप्लवको पार्टीले उम्मेदवारी दिने तयारी गरेका छन् । कर्णालीमा कालिकोट लगायतका जिल्लामा विप्लवको पार्टीका नेताहरुले स्वतन्त्र उम्मेदवार दिन लागेका हुन् ।

विप्लव चुनावमा उठनु भनेको माओवादीलाई कुनै न कुनै रुपमा क्षति पुग्नु नै हो । तर विप्लव समुहले कति क्षति पुरयाउँछ ? त्यो भने वैशाख ३० को मतदानको दिन सम्मलाई पर्खिनु पर्ने हुन्छ ।

शितल शर्मा

मेरोन्यूजकर्मी शर्मा राजनितिक र समसामयीक विषयमा कलम चलाउछन् ।

प्रतिक्रिया