शुक्रबार, वैशाख १४, २०८१

कतारमा २१ जना नेपालीले पाए क्षमादान

मेरोन्यूज २०७९ वैशाख ६ गते १८:५३

काठमाडौँ । कतारमा २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारमा विभिन्न कसुरमा सजाय पाई बन्दी जीवन बिताइरहेका २१ जना नेपालीलाई क्षमादान दिएका हुन् ।

कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेमा तीन जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका नेपाली छन् । त्यस्तै ११ जना चोरीजन्य क्रियाकलाप गरेका, दुई जना मादक पदार्थ बिक्री वितरण गरेका र पाँच जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपाली छन् ।

क्षमादान पाएका व्यक्तिलाई सम्बन्धित निकायले जानकारी गराउने प्रक्रियामा रहेको दूतावासले जनाएको छ ।

प्रतिक्रिया