आइतबार, वैशाख २३, २०८१

नवलपरासी सीमामा सशस्त्र प्रहरी नै तस्करीको सहयोगी

मेरोन्यूज २०७९ वैशाख ५ गते २१:४७

काठमाडौँ । सशस्त्र प्रहरीले सीमा सुरक्षाको जिम्मेवारी लिए पनि सीमा क्षेत्रमा अवैध तस्करी रोक्न नसकेको र त्यहाँ तैनाथ अधिकारीहरुनै तस्करीका लागि सहयोगी बनिरहेको रहस्य खुलेको छ । पश्चिम् नवलपरासीको सिमानाकाको मुख्य जिम्मेवारी पाएका सशस्त्र प्रहरीले नै विभिन्न नाकाहरुवाट तस्करी गराएको भन्दै सशस्त्र मूख्यालयमा उजुरी परेपछि सो रहस्य खुलेको हो ।

Advertisement

सशस्त्र प्रहरी बल बेलासपुरका एसपी रुपकुमार क्षेत्रीको निर्देशन र सशस्त्र प्रहरी निरीक्षक धनबहादुर बूढाको सहयोगमा सीमा क्षेत्रमा तस्करी खुला गरिएको प्रहरी स्रोतले जनाएको छ । सशस्त्र प्रहरी बल बिओपी भुजहवा, गेरमाको मिलोमतोमा भुजहवा, गेरमा, परासी भई व्यापक रुपम तस्करी भइरहेको अहिले नवलपरासी जिल्ला नै चर्चा मात्र भएको छैन सशस्त्र मूख्यालयमा उजुरीसमेत परेको थियो ।

तर, उक्त उजुरी परेको थाहा पाएपछि अर्थमन्त्री जनार्दन शर्माको आग्रहमा गृहमन्त्री बालकृष्ण खाँणले मुल्तबीमा राख्न निर्देशन दिएका छन् । अहिले सशस्त्रमा संक्रमण काल रहेको र निर्वाचन पनि नजिकै आएकाले सशस्त्र प्रहरीले सिमानाकामा स्वयम आफै खटी तस्करीको सामानहरुको स्कटिङ्ग गरेर कटाउने गरेको स्रोतको दाबी छ ।

भुजहवा, गेरमा नाकामा ५ देखि ७ जना सशस्त्र प्रहरीका जवानहरू नाकामा खटेको हुन्छ । तर, उनीहरू छली चोरी तस्करी रोक्न लागि हैन बल्की उनीहरू बाहिरको माथिल्लो निकायका टोली न आओस भन्दै एस्कटिङ्ग गरी तस्करी गराउन कै सशस्त्रको एउटा गाडी त्यहाँ पठाइएको हुन्छ ।

जिल्लामा गाडी नभएको बेला पनि भुजहवा नाकामा एसपीको गाडी त्यही राख्ने गरेको त्यहाँका एक सशस्त्र प्रहरीले बताए । तस्करीका सामान सीमा वारपारका लागि प्रहरी निरीक्षक धनबहादुर बुढा आफै खटिने गरेका छन् ।

उनी १८ महिनादेखि त्यही बसेर तस्करीलाई सहयोग गरिरहेको स्रोतको दाबी छ । अर्थमन्त्री जनार्दन शर्माको नजिक रहेको भन्दै १८ महिनादेखि त्यही बसिरहेका छन् । उनले थोरै संख्याका प्रहरीलाई नाकामा खटाउनुको साटो घर बिदा छाडेर एसपीका घुमुवाहरुमार्फत तस्करीका सामान सीमा कटाउने भूमिका खेलेको पनि स्रोतले जनाएको छ ।

भुजहवा, गेरमा सिमानाकामा मुख्य कारोबार अहिले भारत बिहार सीमा नजिक पर्ने बरगदवा बजार, ठुठिबारी बजार, लक्ष्मीपुर बजारबाट हरा मटर, बोइलर कुखुरा र कपडा, मारवलको तस्करी चली रहेको छ । यसका अलावा इण्डियामा सस्तो परेका कारण त्यहाँबाट किराना आईटम, कपडा, हड्वेयर, मोटर पार्ट्सलगायत चल्ने गरेको छ ।

यस्तै, नेपालबाट मोटर ,घरेलु रक्सी र सिल प्याक रक्सी, नेपाली पाइपलगायतको तस्करी भइरहेको छ । मोटो रकम महिनवारी बुझाउँदै भैसी, राँगाको तस्करी भइरहेको स्थानीयहरुले बताएका छन् ।

यस्ता भ्रष्ट इञ्चार्जका कारण पूरै सशस्त्र प्रहरी संगठन नै बदनाम हुने गरेको छ । सो विषयमा धेरै पटक सशस्त्र प्रहरी मुख्यालयमा उजुरी परे पनि प्रहरी निरीक्षक बुढाले जनार्दन शर्मा निकट रहेको भन्दै सो उजुरीलाई मुल्तबीमा राखेको स्रोतको दाबी छ ।

प्रतिक्रिया