आइतबार, जेठ ६, २०८१

भारतबाट फर्किए प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७८ चैत २० गते २०:०२

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा भारतको तीन दिने औपचारिक भ्रमण सकेर आइतबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री देउवा नयाँदिल्लीबाट नेपाल वायुसेवा निगमको नियमित उडानबाट केहीबेरअघि काठमाडौं आइपुगेका हुन् ।

Advertisement

गत असारमा प्रधानमन्त्री बनेपछि देउवा शुक्रबार पहिलो पटक छिमेकी भारतको भ्रमणमा गएका थिए। शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच दुई पक्षीय वार्ता भएको थियो। वार्ताका क्रममा प्रधानमन्त्री देउवाले नेपाल-भारतबीच रहेको सीमा विवादको स्थापित संयन्त्रबाट हल गर्न आग्रह गरेका थिए ।

आज प्रधानमन्त्री देउवा उत्तर प्रदेशको धार्मिक सहर बनारस पुगेका थिए। बनारसमा प्रधानमन्त्री देउवाले विभिन्न मन्दिरमा पूजाआजा गर्नुका साथै नेपाल सरकारले बनाउन लागेको वृद्धाश्रमको शिलान्यास गरेका थिए ।

प्रतिक्रिया