आइतबार, वैशाख २३, २०८१

एनआरएनए अध्यक्षमा रविना थापा उम्मेदवारी

मेरोन्यूज २०७८ चैत १ गते ११:२०


काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएन) अन्तर्राष्ट्रिय समन्वय समितिको २०२१ – २०२३ कार्यकालका लागि गठबन्धनबाट रबिना थापाको उम्मेदवारी बनेकी छिन् ।

Advertisement

आगामी मार्च २४ र २५ गते दशौं महाधिवेशनका लागि सोमबार बेलुका निकालेको अन्तिम उम्मेदवार नामावली अनुसार अमेरिका थापा र रसियाका बद्री केसी भिड्ने भएका हुन् । थापालाई सत्तागठबन्धले साथ दिने भएको छ ।

थापा नेपाली कांग्रेस निकट हुन् । भने केसी नेकपा एमाले निकट हुन् । थापा केसी भन्दा बलियो उम्मेदवार हुन् ।
थापाले आफू आइसीसीको अध्यक्षमा योग्य भएकाले अध्यक्षमा उम्मेदवार दिएको बताइन् ।

विश्वभरका नेपाली युवा तथा महिलाको साथ र समर्थनमा आफूले उम्मेदवारी दिएको उनको भनाइ छ।
उनले आफु नागरिकता विधेयक पास हुन नसकिरहेको अवस्थामा नागरिकताको एजेन्डालाई प्रमुखताका साथ उठाउनेसमेत बताइन्।
थापाले भनिन् ‘२० बर्षको अन्तरालमा यसअघि जमुना गुरुङले कोशिस गर्नुभएको थियो। उहाँको कोशिसलाई सफल पार्न अहिले म आएकी हुँ । आफैंले इच्छा गरेमात्रै नेतृत्वमा पुग्न महिलाहरु सफल हुनेछौं ।’
महिला नेतृत्वमा पुगेको तपाईं देख्न चाहनुहुनुने सबैले सहयोग गर्न अपिल गरेकी छिन् ।
को हुन थापा
म्याग्दीमा जन्मिएकी थापाले पहिला जापानमा रहेर सामाजिक अभियन्ताका रूपमा काम गरेकी थिइन् । त्यसपछि उनले अमेरिकामा रहेर गैरआवासीय संघमा आबद्ध भई काम गरिरहेकी छन् । थापा एनआरएनको अध्यक्ष पदका लागि उम्मेद्वारी दर्ता गराउने पहिलो महिला हुन्।
थापा आईसीसी २०१९ देखि २०२१ को उपाध्यक्ष हुन्। त्यसअघि थापा २०१५ देखि २०१७ अमेरिका एनसीसीको उपाध्यक्ष थिइन्। थापालाई विभिन्न संघ संस्था हाँकेको अनुभव छ। थापाले नेपाली जनसम्पर्क समिति जापानको संस्थापक तथा अमेरिकाको संस्थापक सदस्य भएर काम गरिसकेकी छन्।
त्यसैगरी,विदेशमा हासिल गरेको सीपलाई व्यावसायिकीकरण गर्ने उनको एजेन्डा रहेको छ ।
वैदेशिक रोजगारीमा जाने नेपालीलाई बाहिरको कानुन थाहा नहुने भएकाले साना गल्तीले समेत जेलमा बस्नुपरेको अवस्था छ । ‘यससम्बन्धी नीतिमा सरकारसँग पहल गर्ने उनले बताइन् ।
समृद्धिका लागि सुरक्षित रोजगारीको वातावरण सिर्जना गर्न सघाउने, उद्यमलाई प्राथमिकता दिने र युवाहरुलाई संघमा ल्याउने लगायतका एजेन्डा अगाडी सारेकी छिन् ।म्याग्दीस्थित मोना हाइड्रोपावरमा थापाको पारिवारिक लगानी छ ।
त्यसैगरी थापाको समुहबाट उपाध्यक्ष पदमा जयप्रकाश गुरुङ र महासचिवमा विनय अधिकारीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया