आइतबार, वैशाख २३, २०८१

युक्रेनबाट भारत हुँदै स्वदेश फर्किए चार नेपाली

मेरोन्यूज २०७८ फागुन २८ गते १५:४३

काठमाडौं । रुसी हमला जारी रहेको युक्रेनमा रहेका चार नेपाली भारत हुँदै स्वदेश फर्किएका छन् ।

Advertisement

युक्रेनमा रहेका भारतीय नागरिकलाई उद्धार गरिरहेको भारतीय विमानबाट चार जना नेपाली भारत हुँदै नेपाल आइपुगेका हुन् ।

भारतले अपरेशन गंगा नाम दिएर आफ्ना नागरिकहरुलाई उद्धार गरिरहेको छ । भारतले सञ्चालन गरेको अपरेशन गंगाअन्तर्गत चार नेपाली नयाँदिल्ली हुँदै युक्रेनबाट स्वदेश फर्किएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद दिएका छन् ।

अधिकांश नेपालीहरु भने युक्रेनबाट अन्य युरोपेली मुलुकमा छिरिरहेका छन् ।

हालसम्म करिब ६ सय नेपालीले युक्रेन छोडिसकेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया