शुक्रबार, वैशाख २१, २०८१

लाजपूर्जा माग्दै सुकुम्बासीहरु सडकमा (भिडियोसहित)

काठमाडौं । बसोवासको आधारमा लालपुर्जा दिनुपर्ने माग गर्दै सुकुम्बासीहरु सडक आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सोमबार सुकुम्बासीहरुले काठमाडौंको माइतीघरमण्डलादेखि बिजुलीबजारसम्म ¥याली निकालेका हुन् ।

सोमबार संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपालले बसोवासको आधारमा लालपुर्जा वितरण गर्न माग गर्दै सरकारको ध्यानाकर्षण गराइएको छ ।

कार्यक्रममा बोल्दै मोर्चाका अध्यक्ष कुमार कार्कीले बसोवासको आधारमा लालपुर्जा वितरण तथा स्थायी विकल्पबिनाको उठिवास सदाका लागि बन्द गर्न सम्बन्धित निकायलाई दबाबमूलक ध्यानाकर्षण ¥याली गरेको बताए ।

उनले एउटा सरकारले लालपुर्जा दिन फर्म भर्ने, अर्को सरकार उठिवासको सूचना टाँस्दै हिँडेकोले सरकारको द्वेतचरित्रको बिरुद्धमा ध्यानाकर्षण गराएको बताए ।

अध्यक्ष कार्कीले अधिकार प्राप्तिको निम्ति प्रदर्शन गर्दा प्रशासनले छेक्ने काम गरेको आरोपसमेत लगाए ।

उनले सरकारले सुकुम्बासीहरुका झुपडी भत्काउने काम गरेकोले त्यसतर्फ ध्यानाकर्षण गराएको र राजनीतिक दलहरुले आफ्नो घोषणापत्रमा भने बमोजिम सुकुम्बासीका समस्या समाधान गर्नुपर्ने बताए ।

अध्यक्ष कार्कीले सरकारले सुकुम्बासीहरुको समस्या तत्काल सम्बोधन नगरे देशभर प्रदर्शन गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया