बिहीबार, वैशाख २७, २०८१

लताले गाएको नेपाली गीत, जो उत्तिकै कर्णप्रिय छन्

१३ वर्षमै परिवार पाल्न गीत गाएकी थिइन् लताले

सञ्जिता खनाल २०७८ माघ २३ गते १६:४९

काठमाडौं । भारतीय चर्चित गायिका लता मंगेशकर ९२ वर्षको उमेरमा आइतबार निधन भयो । कोभिड–१९ संक्रमणपश्चात् गएको जनवरीदेखि अस्पतालमा उपचाररत लताको निधन भए पनि उनको स्वरहरु पनि सधैं अमर रहिरहनेछ ।

Advertisement

भारतीय गायिका लताको स्वर भारतीय गीतमा मात्रै गुञ्जिएको छैन, उनका श्वरहरु नेपाली गीत संगितमा पनि उत्तिकै कर्णप्रिय छन् ।

लताका बुवा दीनानाथ मंगेशकर पनि गायक थिए । बाबुको गीत संगितको छत्रछायाँमा हुर्केकी लतालाई अझ सजिलो भयो । लताका बुवाको निधनपछि १३ वर्षको उमेरमा परिवार पाल्न व्यवसायीक रुपमा गीत गाउन थालेकी थिइन् ।

लताले आफ्नो सांगीतिक जीवनमा ३६ भाषाका ३० हजारभन्दा गीतहरु गाएकी छन् । ३६ भाषा मध्ये नेपाली भाषा पनि एक हो । लताले श्वर भरेको नेपाली गीत पनि कहिलै नमर्ने खालको छ ।

उनले सन् १९७४ देखि १९९१ सम्म सर्वाधिक गीत रेकर्ड गरेर ‘गिनिज बुक’ मा आफ्नो नाम दर्ता गराएकी थिइन् । लताका तीन बहिनीहरु आशा भोस्ले, उषा मंगेशकर, मीना मंगेशकर र भाइ हृदयनाथ मंगेशकर हुन् ।

यी हुन लताले गाएका चर्चित नेपाली गीत

नेपाली चलचित्र क्षेत्रमा माइतीघर निकै चर्चित सिनेमा थियो । नेपालको पहिलो व्यवसायीक सिनेमा ‘माइती घर’ मा पनि लताले गाएको गीत आज पनि उत्तिकै कर्णप्रिय लाग्छ । ‘माइतीघर’ को ‘जुन माटोमा जन्मेउ हामी’ भन्ने गीतमा स्वर भरेकी थिइन् । उक्त गीतमा संगीत जयदेवको दिएका थिए ।

त्यसैगरी, लताले स्वर भरेको अर्को चर्चित गीत हो ,‘आकाशमा तिरमिरे तारा म गन्न सक्दिन’ । उक्त गीतमा मबिबि शाह (महेन्द्र वीर विक्रम शाह) को शब्द रहेको छ ।

त्यसको करिब पाँच दर्शक अर्थात सन् २०१२ को नोभेम्बर २ मा गायक रामकृष्ण ढकालसँग डोयट् गीत ‘बाँचुन्जेलीलाई’ मा स्वर भरेकी थिइन् ।

आनन्द अधिकारीको शब्द रहेको गीतमा लता र रामकृष्ण स्वर रहेको छ । सम्भवतः लताको नेपाली गीतमा स्वर भरेको अन्तिम गीत पनि हो ।

लताले नेपाली गीत १९६६ मा पहिलो पटक नेपाली गीत गाएकी थिइन् । लताले गाएका नेपाली गीत पनि श्रोता–दर्शकमाझ आज पनि उत्तिकै लोकप्रिय छन् ।

सन् २००१ मा संगीत दुनियाँमा योगदान गरेको भन्दै भारतको सर्वोच्च पदक ‘भारत रत्न’द्वारा समेत विभूषित गरेको थियो । भारत सरकारले लताको शोकमा दुई दिन राष्ट्रिय झण्डा आधा झुकाउने भएको छ ।

कोकिल स्वरकी धनी लताको निधनले उनका लाखौं फ्यानलाई स्तब्ध बनाएको छ ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया