शनिबार, वैशाख २२, २०८१

सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित (भिडियो)

Advertisement

काठमाडौं । सामुदायिक वन क्षेत्रमा उपभोक्ताको अधिकारको विषयलाई लिएर सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलित भएको छ ।

सामुदायिक वनको स्वायत्तता कायम गर्नुपर्ने लगायतको माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ आन्दोलनमा उत्रिएको हो ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन संघीयता विरोधी रहेको भन्दै उनीहरुले उक्त ऐन पनि खारेजको माग गरेका छन् ।
यस्तै, वन क्षेत्रको भष्टाचार अन्त्य गर्नुपर्ने, संरक्षण क्षेत्रमा भइरहेको लैंगिक हिंसा अन्त्य गर्नुपर्ने लगायतको माग पनि उनीहरुको छ ।

आन्दोलन स्वरुप शुक्रबार काठमाडौंको बबरमहलस्थित बन परिसर गेटमा धर्ना दिएका छन् ।

प्रतिक्रिया