बिहीबार, वैशाख २७, २०८१

कुष्ठ रोगका ८० प्रतिशत विरामी अपाङ्गता भएपछि अस्पताल पुग्ने

सञ्जिता खनाल २०७८ माघ १६ गते १३:३१
फाइल फोटो

काठमाडौँ । कुष्ठ रोग समयमै उपचार गरेमा निको हुन्छ र अपाङ्ग हुनबाट जोगिन सकिन्छ । तर, कुष्ठ रोगका ८० प्रतिशत विरामी संक्रमणको पहिलो चरणमा नआउने अंगभङ्ग भएपछि मात्र अस्पताल आउने गरेका स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाले जनाएको छ ।

Advertisement

नेपालमा आर्थिक वर्ष २०७७–०७८ मा अन्त्यमा दुई हजार १७३ जना कुष्ठ रोगका नयाँ विरामी पत्ता लागेको स्वास्थ्य सेवा विभागअन्तर्गतको कुष्ठ रोग नियन्त्रण तथा अपाङ्गता व्यवस्थापन शाखाका प्रमुख रविन्द्र बास्तोलाले बताए । उनका अनुसार नयाँ र पुराना गरी दुई हजार १९७ जनाले उपचारमा लिइरहेका छन् ।

‘हाल नयाँ कुष्ठ रोका विरामीमध्ये १४ वर्ष मुनीका १०१ जना रहेका छन् । १४ वर्ष मुनीका एक जना छन्,’ उनले भने, ‘अझै पनि बालबालिकामा अंगभङग भएपछि मात्र उपचारमा आउने गरेका छन् ।’ उनले कुष्ठ रोगको बहुऔषधी एक मात्रा सेवनबाट ९९ प्रतिशत रोगका किटाणु शिथिल बनाउने र यो अन्यमा नसर्ने जानकारी दिए ।

सरकारले कुष्ठ रोगको औषधि सरकारी अस्पतामा निःशुल्क उपलब्ध गराउँदै यातायात खर्च समेत दिँदै आएको उनले बताए । कुष्ठ रोगका नयाँ विरामीमा महिला ७९६ जना रहेका शाखाले जनाएको छ ।

कुष्ठ रोगप्रतिको भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगबारेमा सही जानकारी दिन र तथा प्रचारप्रसार र विरामीलाई नियमित उपचार गर्न सल्लाह दिने र उपचारको उपलब्धताबारेमा जानकारी दिन शाखासँग जनशक्ति अभाव रहेको उनले गुनासो गरे ।

उनले भने, ‘कुष्ठ रोगका नियन्त्रणमा जनशक्तिको अभाव हुँदा भ्रम र डरलाई हटाउन परिवार र समुदायमा रोगको बारेमा सही जानकारी दिन, रोगको निदान गर्न सबै स्थानमा जनशक्ति पुर्याउन सकिएको छैन ।’

सबैभन्दा बढी कुष्ठ रोगी यी ११ जिल्लामा

सरकारले २०३० को अन्त्यमा नेपालमा कुष्ठ रोग निवारण गर्ने लक्ष्य राखेको छ । तर अहिलेको नयाँ विरामी पत्ता लागेको देख्दा २०३० मा कुष्ठ रोग नेपालमा निवारण गर्न चुनौति देखिन्छ । अझै प्रति १० हजार जनसंख्यामा आथिर्क वर्ष २०७७ ÷०७८ को अन्त्यमा ११ जिल्लामा बिरामीको प्रकोप (प्रिभिलेन्स) दर १ प्रतिशतभन्दा बढी रहेको देखिन्छ । जसमा सबैभन्दा बढी मधेस प्रदेशमा मात्र ७४३ जना बिरामी रहेका छन् ।

जसमा बारा ,रौतहट, पर्सा र धनुषा रहेका छन् । अन्य जिल्लामा म्याग्दी, मोरङ, रुपन्देही, कैलाली, झापा, बाँके र कपिलवस्तु रहेका छन् ।

कुष्ठ रोग के हो ? के कारण हुन्छ ?

कुष्ठ रोग आँखाले देख्न नसकिने मायक्रोब्याक्टेरियम लेप्रे नामको सूक्ष्म किटाणुबाट लाग्ने एक प्रकारको ज्यादै कम सर्ने सरुवा रोग हो । यो रोगले खास गरेर छाला, स्नायु र नसामा असर गर्ने चिकित्सकहरुले बताएका छन् ।

किटाणुले छाला र खास गरेर हात, खुट्टा र अनुहारका सतहका स्नायुहरूमा असर गर्ने हुँदा समयमा उपचार नगरे मांसपेसी कमजोर हुने, औंला खुम्चने र पछि आपाङ्गता हुन सक्ने स्वास्थ्य सेवा विभाग अन्तर्गतको कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखा रविन्द्र बास्तोलाले बताए । कुष्ठरोगको बिरामीसँग लामो समयसम्म सम्पर्कमा आउने व्यक्तिलाई श्वास–प्रश्वासको माध्यमबाट यो रोग सर्न सक्ने उनको भनाई छ ।

‘कुष्ठ रोग अरु रोग जस्तै साधारण सरुवा रोग हो,’उनलेभने, ‘साधारणतया यो रोग सरेको २ वर्षदेखि ५ वर्षभित्रमा यसका चिह्न र लक्षण देखा पर्ने हुन्छ ।’ उनका अनुसार कतिपयलाई गिर्खा र गाठा आएको ठाउँमा छोएको थाहा नपाउने भागमा साधारण चोटपटक लाग्दा पनि छिटो निको नहुने देखिन्छ ।

लक्षण

आँखा चिम्लिँदा पूरै बन्द नहुनु वा आखी भैँ या आँखाको परेली कम देखिँदै जानु अथवा झर्नु ।

हात खुट्टा निरन्तर झमझम गर्नु, पोल्नु र निदाय जस्तो हुनु ।

अनुहारमा कमिला हिँडे जस्तो हुनु र छालामा रगंहिन दाग देखिन्छ । दागमा कुनै वस्तुले घोचे पनि अनुभव नहुनु ।

हात खुट्टाका औँला कमजोर हुँदै खुम्चिएर अंगभंग हुनु ।

सञ्जिता खनाल

मेराेन्यूजकर्मी खनाल राजनीति र स्वास्थ्यसम्बन्धी विषयमा कलम चलाउँछिन् ।

प्रतिक्रिया