शनिबार, वैशाख २२, २०८१

आफ्नै बुबाको हत्या गर्ने खत्रीमाथि थप अनुसन्धान जारी

मेरोन्यूज २०७८ माघ १३ गते १५:१३

मोरङ । आफ्नै बुबाको हत्या गरेको आरोपमा पक्राउ परेका मोरङ बेलबारी नगरपालिका–९ डाँगाबजारका ३५ वर्षीय जयबहादुर खत्रीमाथि थप अनुसन्धान भइरहेको छ । बुधबार राति पक्राउ परेका उनीमाथि थप अनुसन्धान अघि बढाइएको मोरङ प्रहरीले जानकारी दिएको छ ।

Advertisement

आफ्नै बुबा ८० वर्षीय दलबहादुर खत्रीको कुटपिट गरी हत्या गरेको आरोपमा राति जयबहादुर पक्राउ परेका थिए । प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका जयबहादुरले घरायसी विषयमा वादविवाद हुँदा बुबा दलबहादुरलाई कुटपिट गरेका थिए ।

छोराको कुटपिटबाट दलबहादुरको मृत्यु भएको खबर पाउनासाथ अस्थायी प्रहरी चौकी डाँगाबजार र ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जयबहादुरलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया