शनिबार, वैशाख १५, २०८१

आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा बर्मा

मेरोन्यूज २०७८ माघ १३ गते ११:२७

अर्घाखाँची । निजामती कर्मचारीको आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको अध्यक्षमा कृष्ण बर्मा चयन भएका छन् ।

अध्यक्ष झविन्द्र खनाल उपसचिवमा बढुवा भएसँगै रिक्त भएको पदमा निजामती कर्मचारी युनियन अर्घाखाँचीले बर्माको नाम सिफारिस गरेपछि बर्माले आज नै पदभार ग्रहण गरेका हुन् । आज नै पूर्व अध्यक्ष खनाललाई औपचारिक विदायीसमेत गरिएको छ ।

त्यस्तै नेपाल निजामती कर्मचारी संगठनबाट सिफारिस भएका हरिप्रसाद डुम्रेले उपाध्यक्षमा र युनियनबाटै सदस्यमा सिफारिस भएका नारायण दमासेले पनि आज नै पदभार ग्रहण गरेका छन् ।

पदभार ग्रहण गर्दै अध्यक्ष बर्माले निजामती कर्मचारीहरूको हक हितमा रहँदै अधिकतम रचनात्मक कार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

इमानदार शालीन अनि भद्र व्यक्तित्व खनालको नेतृत्वमा युनियनले जिल्लामा निकै उदाहरणीय काम गर्न सफल भएको थियो । खनालले करिब १ वर्ष आधिकारिक ट्रेड युनियन अर्घाखाँचीको नेतृत्व गरेका थिए ।

प्रतिक्रिया