शुक्रबार, वैशाख १४, २०८१

थप १२ हजार ८ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ ११ गते १६:४६

काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा १२ हजार ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको १८ हजार १०३ जनाको पीसीआर परीक्षणमा ९ हजार ४३२ र ७ हजार ८०६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २ हजार ५७६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको मंगलबारको प्रेस ब्रिफिङअनुसार पछिल्लो २४ घण्टामा ८ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ३ हजार ४० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया