आइतबार, जेठ ६, २०८१

काेराेना कहर

आज पनि थपिए १० हजार ३१९ जना नयाँ संक्रमित

मेरोन्यूज २०७८ माघ १० गते १६:३३

काठमाडौं । आइतबार कोरोना संक्रमण घटेको नेपालमा आज पुनः संक्रमित थपिएका छन् ।

Advertisement

नेपालमा पछिल्लो २४ घण्टामा थप १० हजार ३१९ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा पीसीआर परिक्षण गर्दा ८ हजार ५४ जना र एन्टिजन बिधिबाट परिक्षण गर्दा २२६५ जना गरि जम्मा १० हजार ३१९ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमणबाट चार जनाको मृत्यु भएको छ ।

योसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको छ ।

त्यस्तै, पछिल्लो २४ घण्टामा २५४० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ८९.७ प्रतिशत रहेको छ ।

प्रतिक्रिया