शनिबार, वैशाख ८, २०८१

कोरोना संक्रमणको दुई वर्ष

नेपालमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण, ११ हजार ६५५ जनाको मृत्यु

मेरोन्यूज २०७८ माघ १० गते १४:४६

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण दुई वर्षअघि आजकै दिन माघ १० गते पहिलोपटक कोभिड–१९ संक्रमण पुष्टि भएको थियो ।

चीनको वुहानबाट आएका ३२ वर्षीय पुरुषमा पहिलोपटक २०७६ साल माघ १० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

ति पुरुषलाई कोरोना संक्रमण देखिएको ठिक २ महिना अर्थात चैत ९ गते फ्रान्सबाट आएकी २४ वर्षिय युवतिमा दोस्रो पटक कोरोना संक्रमण देखिएको थियो ।

०७६ चैतदे २२ गते कैलालीमा भारतबाट आएका पुरुषमा देखिए । त्यही समयमा नेपालमा कोभिड संक्रमण समुदायमा फैलिएको थियो ।

पहिलोपटक नेपालमा वि.स २०७७ जेठ ३ गते कोरोना संक्रमणबाट सिन्धुपाल्चोककी एक महिलाको मृत्यु भएको थियो ।
क्रमस नेपालमा मृत्यु हुनेको संख्या पनि बढ्दै गएको थियो ।


नेपालमा दुई वर्षको अन्तरालमा १० लाख २३ हजार ३०७ जनामा संक्रमण देखिएको छ भने ११ हजार ६५५ जनाको संक्रमणबाट ज्यान गएको छ । भने ८ लाख २१ हजार ६९९ जना संक्रमणबाट मुक्त भएका छन् ।


त्यसैगरी, पछिल्लो केही दिन यता नेपालमा ओमिक्रोन भेरियन्टका कारण संक्रमण बढ्दै गएको छ ।

अहिले दैनिक ६ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । भने गत साता मात्रा अहिलेसम्मकै उच्च १२ हजार ३३८ जनामा संक्रमण देखिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माघको दोस्रो साता दैनिक २० हजार जना संक्रमित भेटिने आंकलन गरेको छ ।

प्रतिक्रिया