शुक्रबार, वैशाख १४, २०८१

सेतीमा उपचाररत थप एक जना कोरोना संक्रमितको मृत्यु

मेरोन्यूज २०७८ माघ १० गते ८:४७


कैलाली । सेती प्रादेशिक अस्पतालमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । धनगढी उपमहानगरपालिका १ शान्तिनगरका ७७ वर्षिय पुरुषको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीले जनाएको छ ।


६ गते अस्पतालमा भर्ना भई आइसीयूमा उपचाररत उनको सोमबार बिहान ४ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।

प्रतिक्रिया