आइतबार, वैशाख २३, २०८१

राप्रपाले निर्वाचन आयोगको निर्देशन नमान्ने

मेरोन्यूज २०७८ माघ ९ गते १५:१७

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगको निर्देशन नमान्ने भएको छ ।

राप्रपा पदधिकारीको वैठकले आयोगको निर्देशन नमान्ने निर्णय गरेको हो ।

पदाधिकारी वैठकपछि राप्रपा महामन्त्री भुवन पाठकले विज्ञप्ति जारी गर्दै राप्रपाको विधानको प्रस्तावनामा भएको ‘सनातन हिन्दुराष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्र’को मान्यता अभिवृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धि ऐन २०७३ विपरित भएको भन्दै निर्वाचन आयोगले सच्चाउन आग्रह गरेको थियो ।

राप्रपाले भने आयोगको निर्देशन नै संविधान विपरित भएको दाबी गरेको छ ।

यस्तै, निर्वाचन आयोगले पार्टीको झण्डाबाट गाई चिन्ह हटाउन भनी गरेको आग्रहलाई पनि राप्रपाले अस्वीकार गरेको छ । सोही चिन्हबाट गत तीनै तहको निर्वाचनमा भाग लिएको भन्दै राप्रपाले आयोगको निर्देशन पूर्वाग्रहीपूर्ण भएको आरोप लगाएको छ ।

Advertisement

प्रतिक्रिया