आइतबार, वैशाख २३, २०८१

सरकार प्रचण्डपथमा हिँडेको बस्नेतको आरोप

मेरोन्यूज २०७८ माघ ८ गते १८:१०

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य तथा संघीय सांसद महेश बस्नेतले वर्तमान सरकार प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन् ।

Advertisement

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै एमाले नेता बस्नेतले सरकार प्रचण्डपथमा हिँडेको आरोप लगाएका हुन् । उनले अहिलेको सरकार प्रचण्ड पथमा हिँडेको, माधव नेपालको लैबरी तालमा अल्मलिएको, देउवाको असक्षम, अयोग्य, लाचार र निष्क्रिय नेतृत्वले लाज छोप्ने उक्त सम्बोधनलाई उपयोग गरेको आरोप लगाएका छन् ।

बस्नेतले परमादेशबाट बनेको सरकारले आफ्नो लाचारीपन र निष्क्रियता छोप्न प्रधानमन्त्री देउवाले सम्बोधनलाई उपयोग गरेको बताएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधन सरकारको लाज छोप्न अन्तिम हतियारको रूपमा उपयोग गरेको उनको भनाइ छ ।

सर्वदलीय बैठकको नाउँमा ६ सत्ताधारी गठबन्धन बसेर स्थानीय निर्वाचन वैशाखमा नगर्ने षड्यन्त्र गरेको पनि समाजिक सञ्जालबाटै आरोप लगाएका छन् ।

प्रतिक्रिया