आइतबार, वैशाख २३, २०८१

मन्त्री यादवको अभिब्यक्तिप्रति जनमोर्चाको आपत्ति

मेरोन्यूज २०७८ माघ ८ गते १६:१९

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले दिएको अभिब्यक्तिप्रति सत्तारुढ दल राष्ट्रिय जनमोर्चाले आपत्ति जनाएको छ ।

शनिवार जनमोर्चा अध्यक्ष चित्रबहादुर केसीले विज्ञप्ति जारी गर्दै मन्त्री यादवले सि.के. राउतको हत्या गर्ने सम्बन्धी दिएको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका हुन् ।

Advertisement

‘राष्ट्रिय जनमोर्चाले व्यक्ति हत्याको राजनीतिलाई सही मान्दैन । सरकारको जिम्मेवार मन्त्रीले त्यसप्रकारको अभिव्यक्ति दिनु सही होइन । हामीले मन्त्री यादवको त्यसप्रकारको अभिव्यक्तिको विरोध र भत्र्सना गर्दछौँ ।’ केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया