शुक्रबार, वैशाख १४, २०८१

नेपाल टेलिकमको विन्टर अफर सुरु

मेरोन्यूज २०७८ माघ २ गते १७:२२

काठमाडौं । नेपाल टेलिकमले साेमबार माघ ३ गतेदेखि लागु हुने गरी विन्टर अफर कार्यक्रम अघि सारेको छ ।

कम्पनीले पहिले उपलब्ध गराइरहेको अटम अफरलाई ग्राहकहरुको रुचि अनुसार परिमार्जन गरी थप आकर्षक बनाएर विन्टर अफर उपलब्ध गराउन लागेको टेलिकमले जनाएको छ ।

अफर अन्तर्गत कम्पनीले नै उपलब्ध गराइरहेको सजिलो अनलिमिटेड प्रिपेड डाटा अफरमा थप प्याकेज समेत उपलब्ध गराउने भएको छ ।

यस्तै, पहिले २८ दिनका लागि ५९९ रुपैयाँमा लिन सकिने “सजिलो अनलिमिटेड प्रिपेड ५९९” मात्र उपलब्ध भइरहेकोमा अब “सजिलो अनलिमिटेड प्रिपेड ७९९”, “सजिलो अनलिमिटेड प्रिपेड ९९९” र “सजिलो अनलिमिटेड प्रिपेड १४९९” प्याक समेत उपलब्ध हुने भएको छ ।

यसमा ग्राहकलाई अनलिमिटेड भ्वाइस कल र निश्चित डाटा (प्रतिदिन क्रमशः १ जीबी, २ जीबी र ४ जीबी) लगायका सेवाहरु उपलब्ध गराइएको पनि नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

डाटा प्याक सकिए पनि अतिरिक्त शुल्क बिना नै इन्टरनेट चलाउन सकिने सुविधा यी प्याकहरुको मुख्य विशेषता भएको बताइएको छ ।

साथै, सस्तो प्रिपेड कम्बो प्याकमा थप सुविधा उपलब्ध गराइने छ । कम्बो प्याक अन्तर्गत रु. २९९ मा अब २८ दिन सम्म चलाउन मिल्ने गरी १५० मिनेट अन–नेट भ्वाइस कलका साथै २० वटा एसएमएस पठाउन र २ जीबी डाटा समेत चलाउन सकिने छ ।

प्रतिक्रिया