शुक्रबार, वैशाख १४, २०८१

रात्रिकालीन व्यवसाय बन्द गर्ने सरकारको निर्णय

मेरोन्यूज २०७८ माघ १ गते १०:०४

काठमाडौँ । सरकारले रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोना भाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोनसहित तेस्रो लहर नियन्त्रण गर्ने भन्दै रात्रिकालीन व्यवसाय बन्द गरिएको हो ।

राति सञ्चालन हुने डान्स बार, दोहोरी जस्ता व्यवसाय पूर्ण रुपमा बन्द गरिने भएको हो । यस्तै, सिनेमा हलमा ५० प्रतिशत दर्शक राखेर सामाजिक दूरी कायम गरी सञ्चालन गरिने निर्णय भएको स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले बताएका छन् ।

राति सञ्चालन हुने रेष्टुरेन्टमा सामाजिक दूरी कायम गरी सञ्चालन गर्न पाइने भएको छ ।

प्रतिक्रिया