आइतबार, वैशाख २३, २०८१

कञ्चनपुरमा एकै दिन १२८ जना कोरोना संक्रमित

मेरोन्यूज २०७८ पुष ३० गते ६:५४

कञ्चनपुर । जिल्लामा कोरोना संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना संक्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् ।

Advertisement

स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसिआर परीक्षणबाट आठ जनामा कोरोनाको संक्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गडडाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताउनुभयो ।

एक हप्ताको अवधिमै यहाँ कोरोना संक्रमित हुनेको संख्या ५५८ पुगेको छ ।

प्रतिक्रिया