शुक्रबार, वैशाख १४, २०८१

क्याम्पस प्रमुखलाई जिल्ला अध्यक्ष बनाएपछि श्रेष्ठद्वारा पार्टी परित्याग

मेरोन्यूज २०७८ पुष २८ गते ९:०२

काठमाडौँ । नेकपा एमाले नवलपुरको अध्यक्ष नपाएपछि जीवन श्रेष्ठले पार्टी परित्याग गरेका छन् । नियमविपरीत मध्यविन्दु बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मुक्तिराम पाण्डेलाई अध्यक्ष घोषणा गरेको भन्दै उनले पार्टी परित्याग गरेका हुन् ।

‘पार्टी एकता र सुदृढ गर्दै समृद्ध नेपाल सुखी नेपालीको आकाङ्क्षा पूरा गर्ने अभियानमा अविछिन्न लागि रहेको र हाल केही असहज परिस्थितिका कारण (आजका २०७८–०९–२७) मितिदेखि सक्रिय राजनीतिबाट विश्राम लिने घोषणा गर्दछु,’ श्रेष्ठले आफ्नो सामाजिक सञ्जालमा लेखेका छन् ।

अधिवेशनबाट एमालेको जिल्ला अध्यक्षमा बनेका पाण्डे क्याम्पस प्रमुखको पदबाट राजीनामा दिएका छैनन् ।

प्रतिक्रिया