शनिबार, वैशाख १५, २०८१

युवामा हृदयघात समस्या बढ्दै, कसरी बच्ने ?

‘परिवारको कुनै सदस्यमा हृदयघात देखिए अन्य सदस्यमा पनि सर्ने सम्भावना हुन्छ’

प्रा.डा. यादवकुमार देव भट्ट, मुटु रोग विशेषज्ञ २०७८ पुष २६ गते १०:१६

काठमाडौं । जाडो मौसममा गर्मी मौसमको तुलनामा हृदयघातको समस्या बढी देखिने गरेको पाइन्छ । जाडो महिनामा छाति दुख्ने समस्या बढी हुन्छ ।

जाडोका कारण नसाहरु खुम्चिने हुँदा रगतको प्रवाहमा समस्या हुन्छ । मुटु रोगका विरामीहरुलाई चिसोमा विहानी समयमा हिडडुल अर्थात मर्निङ् वर्क गर्नुपदैन । घाम लागेपछि मात्र मनिङवर्क गर्नुपर्छ ।

युवाहरुमा हृदयघात बढी देखिने गरेको पाईन्छ । धुम्रपानको सेवन र अस्वस्थ्य खानपानका कारण युवाहरुमा हृदयघात बढी देखिने गरेको पाइन्छ । पहिला पहिला विकशित देशहरुमा युवाहरुमा हृदयघात बढी देखिने गरेको थियो तर पछिल्लो समय त्यो दर घट्दै गएको देखिन्छ । तर अविसित देशहरुमा अझै घट्न सकेको छैन्न ।
मुख्य ४५ वर्षभन्दा माथि ६० वर्षभन्दा तलको उमेर समुहका मानिसमा हृदयघातको जोखिम दर बढी देखिने गरेको पाइन्छ ।

कतिपयमा मानिसमा बंशाणुगत रुपमा समेत हृदघात देखिने हुन्छ । अर्को हृदयघात हुने जोखिम धुम्रपान र सुर्तिजन्य पदार्थको सेवन, उच्चरक्तचाप, मधुमेह कोलिस्ट्रोल बढी भएका मानिसमा हुने गरेको छ ।

परिवारको कुनै सदस्यलाई उच्चरक्तचाप हुदैमा हृदयघात हुन्छ भन्ने हुदैनन् । तर यदि घर परिवारको कुनै सदस्यमा हृदयघात भएको छ, भने अन्यमा सदस्यमा हुने दर बढी हुन्छ । यो सर्ने रोग हो तर बंशाणुगत हुने रोग चाही हो ।
तनावको कारणले पनि हृदयघातको समस्या देखिने गरेको पाइन्छ । पुरुषको तुलनामा महिलामा कम देखिने गरेको छ । महिनावारीको समयमा महिलामा हृदयघात हुने दर कम हुन्छ भने महिनावारी रोकिएपछि हृदयघात हुने सम्भावना बढी रहेको देखिन्छ ।

सहरी क्षेत्रमा जनचेतनाका कारण मेरो मुटुमा कुनै समस्या छ कि भने चेकजाँच गर्नेको संख्या बढिरहेको देखिन्छ । मुटुको कुनै पनि समस्या देखिएमा उपचार आउने गरेको देखिन्छ । तर ग्रामीण क्षेत्रका मानिसहरु मुटुको समस्या आउने चलन अझै पनि ढिलो नै रहेको छ । कतिपय मानिसमा विना लक्ष्ण पनि मुटुको समस्या देखिने गरेको पाइन्छ । लक्षण देखिँदासम्ममा कहिलेकाँही ढिलो भइसकेको हुन्छ ।

के हो हृदयघात ?

मुटुको मासु मर्ने प्रक्रियालाई हृदयघात भनिन्छ । कुनै पनि धमनीहरूमा सतप्रतिशत अवरोध भई मुटुको मांसपेशीले काम गर्न नसक्नु र अन्त्यमा सो भागको मृत्यु हुनु नै हृदयघात हो । यो हृदयघात यदि मुटुको देब्रे मुख्य धमनीमा अवरोध भएमा प्राणघातक पनि हुन सक्छ,भने साना साना धमनीहरुको अवरोध भएर भएको हृदयघात कहिले काँही मानिसलाई थाहा नहुन पनि सक्छ ।

यसका लक्षण

अप्ठेराे प्रकारको ग्यास्ट्रिक ।
छातिको बीचभागमा थिचे जस्तो हुने, देब्रेतिर भारी हुने वा अड्केजस्तो हुने ।
कुम र देव्रे हात दुख्ने ।
घाँटी थिचेको जस्तो हुने ।
छातिको बीचमा वा देब्रेतिर भारी हुने ।
च्यापूतिर पनि दुखाई हुने ।
एकपटक हृदयघात देखिएपछि पुनः अर्को पटक नदोहोरियोस् भन्नका लागि नियमित औषधि सेवन गर्ने

रोकथाम

नियमित रक्तचाप चेकजाँच गर्ने ।
सुर्तिजन्य पदार्थको सेवन नगर्ने ।
मद्यपानको सेवन नगर्ने ।
खानपानमा ध्यान दिने ।
नियमित ब्यायाम गर्ने ।
प्रशस्त फलफूल, हरियो सागसब्जी खाने ।
चिनी, नून र चिल्लो एकदम कम सेवन गर्ने ।
कालेस्टोर बढेमा औषधी सेवन गरेर नियन्त्रणमा ल्याउँने ।
मधुमेह र रक्तचाप भएका मानिसले औषधिबाट नियन्त्रणमा ल्याउने ।

(वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भट्टसँग सञ्जिता खनालले गरेको कुराकानीमा आधारित)

प्रतिक्रिया