आइतबार, वैशाख ३०, २०८१

आजको राशिफल : पौष २२ गते बिहीबार

ज्यो. दिवाकर पन्त २०७८ पुष २२ गते ६:२१

आज वि.सं. २०७८ साल पौष महिनाको २२ गते बिहीबार, पौष शुक्लपक्षको चतुर्थी तिथि ।

Advertisement

मेष
मेहनत धेरै तर नतिजा भने मुश्किलले प्राप्त हुने छ । कार्यसफलतामा कमि आउने छ । परिवारमा स–साना विषयले पनि द्वन्दात्मक वातावरण बनाउने छ । मनमा अशान्तिको मात्रा धेरै हुने हुँदा चञ्चल स्वाभाव बन्ने छ । पेशागत जीवनमा धैर्य बनि कदम चाल्नु गर्नुहोला । आर्थिक अवस्था औसत रहने छ ।

वृष
चतु¥याईमा बृद्धि हुनेछ । व्यक्तित्वमा उमङ्गको लहर आउने छ । ज्ञान भाव र बुझाईको मात्रा फराकिलो बन्ने छ । परिवारमा हाँसिखुशी र रमाईलो वातावरण बन्ने छ । प्रतिष्पर्धीहरुका बीचमा जुध्न सक्ने तागत आउने हुँदा सफलताहरु प्राप्त हुने छन् । पेशागत जीवनमा उन्नति हुने छ । साझेदारीमा गरिएका कामहरुमा उल्झन र समस्याहरु देखा पर्ने छन् ।

मिथुन
दरिलो र दृढ खालको व्यक्तित्व हुने छ । मनमा अरुलाई सहयोग गरौँ भन्ने भावनामा तिब्रता आउने छ । कतिपय अवस्थामा चाहिने भन्दा कडा खालको आनिबानीले गर्दा अरुले घमण्डि चरित्रको मानिस भनि चित्रण गर्ने भएकाले यसबारेमा भने ध्यान दिनु होला । जीवनसाथिको साथ र सहयोगले पेशागत जीवनमा ठुलो सकारात्मक भुमिका खेल्ने छ । साझेदारीमा गरिएका कामहरुमा भने समस्या देखा पर्ने छन् ।

कर्कट
आम्दानी तथा लिएका लक्ष्यहरु प्राप्तिमा धेरै सन्तोषजनक प्रगति हुने छैन् । प्रतिष्पर्धात्मक क्षमतामा भने बृद्धि हुने छ । तर धेरै जोखिम लिने भन्दा भए गरेका कामहरुलाई निरन्तरता दिनु नै उपयुक्त हुने देखिन्छ । पेशागत जीवनमा उतार–चढाव देखिने भएकाले संयमित भई कदमहरु चाल्नु होला । जीवनसाथिको सल्लाहसहित पेशागत क्षेत्रलाई अघि बढाएमा जोखिम कम हुन जाने छ ।

सिंह
मनमा उदासिनताको मात्रामा बृद्धि हुँदा मलिनता बढ्ने छ । नकारात्मक विचार र धारणालाई नियन्त्रित गर्ने प्रयास गर्नु होला । विदेश यात्रामा जाने सोच पलाउने छ । पेशागत जीवनमा भने स्थिरता आउने छ भने कमाईमा पनि केही बृद्धि नै हुने छ । बोलीको प्रभावमा कमि आउँदा राम्रै बोले पनि नराम्रो परिस्थिति उत्पन्न हुने छ ।

कन्या
भाग्यले साथ दिएका बाधा व्यवधानहरु छिचोलेर अघि बढ्न अदम्य साहस आउने छ । सहज र सुशिल प्रकृतिको व्यक्तित्व हुने छ । पेशागत जीवनमा सफलताका क्रमहरु आउने छन् । आम्दानीमा केही बृद्धि हुन पुगे पनि खर्चको मात्रा पनि ह्वात्तै बढ्ने छ । अध्ययन अध्यापनमा प्रगति हुने छ । बोद्धिक तहमा कदर हुने छ ।

तुला
आफुले लिएका लक्ष्य र गन्तब्यप्रति समर्पित भएर लागि पर्ने दृढता आउने छ । बोलीमा नरमपना र भद्रता उत्पन्न हुने छ । पेशागत जीवन स्थिर रहने छ । व्यवस्थापकीय दक्षतामा बृद्धि हुनेछ । आम्दानीमा बृद्धि हुने छ भने पैतृक सम्पत्तिबाट पनि लाभ हुने छ । परिवारप्रति केन्द्रीत रहने व्यक्तित्व बन्ने छ ।

वृश्चिक
यात्राको अवसर मिल्ने छ । बैवाहिक विषयमा कदम चाल्नु ठिक हुनेछ । मनमा दम्भको भावना असाध्यै बढ्न जाने छ । प्रतिष्पर्धात्मक स्वाभाव हुने हुँदा अरुले हेप्न सक्ने छैनन् । पेशागत जीवनमा धैर्यता साथ कदमहरु चाल्नु पर्ने समय रहेको छ । आम्दानीमा भने केही बृद्धि हुन जाने छ । आर्थिक उन्नतिमा बोलीको प्रभावले मुख्य भुमिका खेल्ने छ ।

धनु
परिवारमा अशान्तिको अवस्था आउँदा झैझगडाको चक्र चल्ने छ । मनोबलमा कमि आउने छ ।सुख सुविधाका साधनको प्रयोग गरे पनि मनमा सन्तोष प्राप्त हुने छैन् । पेशागत जीवनमा उल्झनहरु देखा पर्न जाने हुँदा संयमित रहनु नै उचित हुने छ । खर्च धेरै हुने र आम्दानीको सीमितताले दबाब आर्थिक व्यवस्थापनमा पर्ने छ ।

मकर
बौद्धिक र प्राज्ञिक क्षेत्रमा रहेकाहरुलाई सम्मान प्राप्त हुने छ । बोलीको प्रभावकारीता बृद्धि हुनेछ भने अरुको विश्वास आर्जन गर्न सकिने छ । धन सम्पत्तिमा बृद्धि हुने छ ।सन्तानका क्रियाकलापबाट गौरव बढ्न जाने छ । पेशागत जीवनमा र सम्बन्धित व्यवस्थापकीय क्षमतामा बृद्धि हुनेछ । चलाख व्यक्तित्व हुने हुँदा आवश्यक स्थानमा उचित बुद्धि आउने छ ।

कुम्भ
निर्णय क्षमतामा बृद्धि हुने हुँदा नयाँ नयाँ विषयमा काम गर्न मन लाग्ने छ । मनमा दृढताको विकास हुने छ । पेशागत जीवनबाट लाभ मिल्ने छ । पेशागत क्षेत्रमा नयाँ नयाँ कामका ढोकाहरु खुल्ने छन् । बोलीको प्रभावमा बृद्धि हुने भएकाले अरुको विश्वास प्राप्त हुने छ । रिस नियन्त्रणमा ध्यान दिनु होला । परिवारमा सकारात्मक लहर आउने छ ।

मीन
परिवारमा प्रेममय वातावरण छाउने छ । जीवनसाथिप्रति समर्पित हुने भावनामा तिब्रता आउने छ । प्रेममा सफलता प्राप्त हुने छ । पेशागत क्षेत्रमा उन्नति तथा प्रगति प्राप्त हुनेछ । पेशाप्रति समर्पित हुने र ठोस कदमहरु चाल्न मन लाग्ने छ । आर्थिक आम्दानीमा पनि बृद्धि हुने छ । रिस कडा हुने र बोलीमा पनि कडापना देखा पर्ने हुँदा विचार पु¥याएर व्यवहार गर्नु होला ।

ज्यो. दिवाकर पन्त

ज्यो. पन्त ज्योतिषी, वास्तु, रत्न एवं हस्तरेखाविद् हुन् । सम्पर्क– ९८१३६३७२३८

प्रतिक्रिया